<p><b>एजेन्सी | </b>निर्वाचन आवश्यक नभएको भन्दै तालिवानले अफगानिस्तानको निर्वाचन आयोग विघटन गरेको छ। देशमा स्वतन्त्र र निष्पक्ष निर्वाचन गर्ने उदेश्यले सन् २००६ मा आयोग स्थापना गरिएको थियो।<br></p><p>आयोगका प्रवक्ता विलाल कारिमीले आवश्यक परेको खण्डमा इस्लामिक इमिरेट्सले यस्ता आयोगहरूलाई ब्यूँताउन आवश्यक रहेको बताए। उनले स्वतन्त्र निर्वाचन आयोग (आइइसी) तर्फ इंगित गर्दै आयोगको अस्थित्व र सञ्चालन आवश्यक नभएको बताएका छन्।</p><p>पश्चिमा शक्तिहरुले घुँडा टेकेपछि यही १५ अगस्टमा तालिवान सत्तामा पुगेको थियो। तालिबानको सत्तारोहणसँगै महिलाहरुका विभिन्न हक अधिकार कटौती भएका छन्। तालिवानले हतारमा आयोग विघटन गरेको एक पूर्वआयुक्तले बताएका छन्।</p>
December 26, 2021
काठमाडौँ - KTM, विश्व
अफगानिस्तानमा तालिवानद्वारा निर्वाचन आयोग विघटन !
By kit
2 मिनेट पढाइ










