Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पाकिस्तानमा हिँउको कहरः १० बालबालिकासहित २१ को मृत्यु

By kit 2 मिनेट पढाइ

<p><b>पुस २५, काठमाडौँ, एजेन्सी | </b>पाकिस्तानको पञ्जावस्थित पहाडी क्षेत्र मुर्रीमा भारी हिमपातका कारण एक हजारभन्दा बढी पर्यटक सवारी बाटैमा फसेका छन् । जसमा हजारौं यात्रु सवार छन् ।<br></p><p>बिबिसीको रिपोर्टअनुसार शनिबार बाटोमा फसेका मध्ये १० बालबालिकासहित २१ जनाको मृत्यु भएको छ । मर्नेमध्ये १० जनाको त कारभित्रै मृत्यु भएको बताइएको छ ।&nbsp;</p><p>मृतकमध्ये एक प्रहरीको पूरा परिवार नै रहेको छ । आपतकालीन उद्धार सेवाले दिएको जानकारी अनुसार एक प्रहरी, उनकी पत्नी र उनका ६ बालबालिकाको मृत्यु भएको छ । एक अन्य परिवारको पनि पाँच सदस्यको मृत्यु भएको बताइएको छ ।&nbsp;</p>