एजेन्सी | चेक रिपब्लिककी ५७ वर्षीय गायिका हाना होर्काको मृत्यु भएको छ । उनले केही दिनअघि मात्रै सामाजिक सञ्जाल फेसबुकमा आफू कोरोना संक्रमित भएको र निको हुँदै गरेको बताएकी थिइन् । त्यसको दुई दिनपछि उनको मृत्यु भएको हो ।

‘अब थियटर, साउना र कन्सर्ट हुनेछ,’ आफू निको हुँदै गरेकोे जानकारी दिँदै उनले फेसबुकमा लेखेकी थिइन् । त्यसको दुई दिनपछि आइतबार उनी मृत्यु भएको हो ।

उनका छोरा जान रेकका अनुसार होर्का जानीजानी संक्रमित हुन पुगेकी थिइन् । श्रीमान् र छोरालाई संक्रमण देखिएपछि आफूलाई पनि संक्रमण भएमा सहज हुने मनासायले उनी जानाजान संक्रमित भइन् ।

तर, उनका श्रीमान र छोराले भने खोप लगाएका थिए । होर्काले लगाएकी थिइनन् । दुवैजनामा क्रिसमसमा संक्रमण देखियो । तर, होर्काले भने सामाजिक दूरा पालना गर्न र उनीहरूबाट टाढा रहन मानिनन् । बरु आफूलाई पनि भाइरसको संक्रमण होस् भन्ने नियतबस उनी पनि संक्रमित बन्न पुगिन् ।

छोरा रेकका अनुसार होर्का हिँडडुल अवरोध कम होस् भनेर आफूलाई संक्रमण सार्न चाहन्थिन् । चेक रिपब्लिकमा सार्वजनिक कार्यक्रममा जाँदा खोप कार्ड या भर्खरै संक्रमित भएको रिपोर्ट अनिवार्य गरिएको छ । तर, होर्काले खोप लगाउनुभन्दा संक्रमित हुनु नै उचित ठानिन् ।

January 20, 2022
काठमाडौँ - KTM, विश्व
जानाजान कोरोना संक्रमण गराएकी चेक गायिकाको मृत्यु
By kit
3 मिनेट पढाइ