३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अभिमुखीकरण तालिम प्रदायक संस्थामा छड्के: श्रमिकको नाम अनलाइनमा मात्रै इन्ट्री, कक्षा खाली

२ चैत्र २०७७, सोमबार १५:३६

मनोज पराजुली । चैत्र २, काठामाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि अभिमुखीकरण तालीम प्रदायक संस्थाको अनुगमनलाई तीब्र पारेको छ । पछिल्लो समय म्यानपावर कम्पनीको अनुगमनलाई तीब्र पारेको विभागले तालीम प्रदायक संस्थाको अनुगमनलाई पनि तीब्र पारेको हो ।

२०७३ साल देखि तालीम प्रदायक संस्थाको अनुगमन हुन सकेको थिएन । अनुगमन नहुँदा केहि तालीम प्रदायक संस्थाले वैदेशिक रोजगार वोर्डले तोकेको मापदण्ड भन्दा बाहिर गएर कक्षा संचालन गर्ने, कक्षा नै संचालन नगरी तालीम लिनेको नाम मात्रै अनलाइनमा इन्ट्री गर्ने जस्ता कार्य गर्दै आएका थिए । अनुगमनको क्रममा कतिपय संस्थाले कार्यालय नै झोलामा राखेर अर्को संस्थाबाट काम गर्दै आएको पनि खुलेको छ ।


विभागको अनुगमन टोली सोमबार म्यानपावर बजारमा रहेका तालीम प्रदायक संस्थाका पुग्दा अनुगमनमा खटिएका कर्मचारी नै आश्चर्यमा परेका थिए । तालीम दिनका लागि विभागको अनलाइन प्रणालीमा नाम उल्लेख गरेका आधारमा तालीम दिने संस्थामा पुग्दा कुनै कार्यालय बन्द थिए, त कुनै संस्थामा एकजना पनि विदेश जाने श्रमिक अध्ययनमा कक्षामा थिईनन् ।

हालै मात्र वैदेशिक रोजगार वोर्डले पूर्व प्रस्थान अभिमुखिकरणको नयाँ पाठ्यक्रम तयार गरी लागू गरेको छ । यसै तालीम सञ्चालनका लागि प्रशिक्षकहरुलाई एक हप्ते पुनर्ताजगी तालीम समेत दिएको थियो । वोर्डले तालीम दिएसंगै विभागको अनुगमन टोली तालीम प्रदायक संस्थाहरुको स्थलगत रुपमा अनुगमनका लागि फिल्डमा खटिएको हो ।  

तालीम प्रदायक संस्थाले वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई २ दिन अर्थात् १२ घन्टाको तालीम दिनुपर्ने नियम छ तर तालीम नै नदिई श्रमिकबाट सात सय असुल्ने र विभागको अनलाइन प्रणालीमा नाम मात्रै उल्लेख गर्ने गरेको पाइएको छ । 


विभागको अनुगमन टोली म्यानपावर बजारमा रहेको एम एस ट्रेनिङ सेन्टरमा तालीम संचालन भएको थिएन जबकी सोहि सेन्टरले तालीमको लागि १३ जनाको नामावली विभागको अनलाइन प्रणालीमा राखेको थियो ।  त्यति मात्र होइन सोहि कार्यालयमा ट्रीपल एस ट्रेनिङ सेन्टरको सबै डकुमेन्ट समेत भेटिएको अनुगमनमा खटिएका विभागका अधिकृत मात्रिका सापकोटाले साझा सबालाई जानकारी दिए । एम एस ट्रेनिङले १३ जनाको अनलाइन गरेको तर कक्षा संचालन नगरेको सापकोटाले बताए । उक्त कार्यालयबाट विभाग टोलीले अनुसन्धानका लागि ट्रीपल एस  ट्रेनिङ सेन्टरका कागजात बरामद गरेको उनले बताए । 

विभाग टोली अनुगमनमा पुग्दा टास्क ट्रेनिङ सेन्टर कार्यालय खुलै थियो तर ६ जनाको अनलाइन गरेको कार्यालयमा तालीमका लागि एक जना मात्रै भेटिएका थिए तर उनले समेत तालीम लिन पाएनन् । साइनिंङ्ग मून  ट्रेनिङ सेन्टरले १६ जनाको नाम अनलाइन प्रणालीमा राखेपनि कक्षा नै संचालन नगरेको पाइएको अनुगमन अधिकृत सापकोटाले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन