2026-08-24 01:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता

काठमाडौँ | त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले सेवालाई थप गुणस्तरीय बनाउँदै दूरदराजसम्म पु¥याउने प्रतिबद्धता जनाएको छ । आज यहाँ आयोजित अस्पतालको २१औँ वार्षिक साधारणसभा अस्पतालका अध्यक्ष डा गोपालप्रसाद पोखरेलले आँखा उपचारका क्षेत्रमा विकसित नयाँ प्रविधि भित्र्याउँदै गुणस्तरीय सेवा र भौतिक पूर्वाधार विकासमा उत्तिकै ध्यान दिइएको बताउनुभयो ।

अस्पतालले नियमित सेवाबाहेक शल्यक्रिया शिविर र विद्यालय आँखा कार्यक्रम सञ्चालन तथा मधुमेहबाट आँखासम्बन्धी हुनसक्ने रोग पत्ता लगाई उपचार गर्दै आएको छ । अध्यक्ष पोखरेलले भन्नुभयो, “नेपाल आँखा अस्पतालमा विभिन्न विषयका अनुसन्धान सुरु गरिएको छ, हाल नेत्र विशेषज्ञ र दृष्टि विज्ञेषज्ञहरुबाट २४ वटा शोधपत्र तयार गरिँदैछ ।”

अस्पतालले गत आर्थिक वर्ष २०८१÷८२ मा बहिरङ(ओपिडी)तर्फ एक लाख ६४ लाख ५७० जनाको आँखा परीक्षण गरेको थियो भने गहन सात हजार ८०४ सहित १० हजार ३९० शल्यक्रिया गरेको जनाएको छ ।

अस्पतालले चालु आर्थिक वर्षमा एक लाख ७७ हजार ५०० लाई बहिरङ सेवा तथा सानाठूलागरी १२ हजार ५३० शल्यक्रिया गर्ने लक्ष्य लिएको छ । हाल अस्पतालमा १६ जना नेत्र विशेषज्ञसहित १४१ जना कर्मचारी कार्यरत छन् । त्यस्तै, अस्पतालका आजीवन सदस्य सङ्ख्या १४१ रहेको छ ।

अस्पताल सञ्चालक समितिका सचिव युद्धध्वज सापकोटाले आर्थिक वर्ष २०८१÷८२ मा ७५० बिरामीले उपचारमा निःशुल्क र सहुलीयतपूर्ण सुविधा लिएको बताउनुभयो ।

गैरनाफामूलक सेवामुखी संस्थाका रुपमा ५२ वर्षअघि स्थापित अस्पतालले सरकार र विश्वस्वास्थ्य सङ्गठनको आँखा उपचारको लक्ष्यप्राप्ति गर्न गुणस्तरीय र सर्वसुलभ रुपमा सेवा प्रवाह गर्दै आएको छ ।

कोषाध्यक्ष अनिलप्रसाद गोर्खालीले गत आव २०८१÷८२ मा अस्पतालको कूल सम्पत्ति तथा जायजेथा रु ७२ करोड ५४ लाख ७५ हजार ४५० पुगेको जानकारी दिनुभयो । त्यस अवधिमा अस्पतालको आम्दानी रु २५ करोड, २५ लाख, ८० हजार ८७४ गरेको थियो । सोही अवधिमा अस्पतालले रु पाँच करोड ४६ लाख ६० हजार ६७६ मूल्य बराबरको मेसिनरी औजार र सवारीसाधन थप गरेको छ ।

चालु आर्थिक वर्षको प्रस्तावित कार्यक्रमका लागि पुँजीगत खर्चतर्फ रु छ करोड ५१ लाख ४० हजारसहित रु ३४ करोड, ५६ लाख ६२ हजार बजेट खर्चको अनुमान गरेको छ ।

उक्त आर्थिक वर्षसम्ममा अस्पतालको विभिन्न वाणिज्य बैंक र मुद्दति खाता तथा अक्षयकोषमा गरी रु ३१ करोड, ३६ लाख ८९ हजार २१४ नगद रकम रहेको कोषाध्यक्ष गोर्खालीले जानकारी दिनुभयो ।

काठमाडाँै महानगरपालिकाका पूर्वप्रमुख तथा कार्यसमिति सदस्य राजाराम श्रेष्ठले नेपालको आँखा उपचारका क्षेत्रमा गौरवमय इतिहास रहेको विशिष्टकृत सेवा प्रदान गरिरहेको आँखा अस्पताललाई दक्षिण एशियाकै नमुना अस्पतालका रुपमा विकास गर्न रचनात्मक सहयोगको अपेक्षा गर्नुभयो । अस्पतालले राजधानी बाहिर अघिल्लो आर्थिक वर्षमा १५ वटा आँखाको निःशुल्क शल्यक्रिया शिविर र रु ३५ लाख बराबरको चस्मा र औषधि उपलब्ध गराएको थियो ।

साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम, आर्थिक प्रतिवेदन र २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन