यौनसम्पर्कपछि के चाहन्छिन् महिला साथी ? जानी राखौ

Posted on: 14 Jan, 2017

महिला तथा पुरुषका रुचि एवं विशेषता फरक–फरक हुन्छन् । महिलाहरू यौनसाथीसँग खुलेर नबोले पनि उनीहरू पुरुषले आफूले नबताई आफ्नो मनको कुरा बुझिदिऊन् भन्ने चाहन्छन् ।

यौनसाथीसँग खुलेर कुरा गर्न संकोच माने पनि महिलाहरूमा पुरुषले आफ्नो मनोभावना बुझेर सोहीअनुसार व्यवहार गरून् भन्ने भावना हुन्छ तर सबै पुरुषमा महिलाको यस्तो भावना बुझ्ने सामथ्र्य हुँदैन । फलस्वरूप सम्बन्धमा समस्या देखा पर्न सक्छ ।

समर्पित समय 

सामान्यतया पुरुषहरूमा जति बढी पटक यौन सम्पर्क गरिन्छ त्यति नै महिला यौनसाथीलाई खुसी राख्न सकिन्छ भन्ने धारणा पाइन्छ ।

यो कुरा केही हदसम्म सत्य भए पनि व्यस्त आधुनिक जीवनशैलीमा त्यसो गर्न सम्भव नहुनसक्छ । हिजोआज धेरैजसो पति–पत्नी कामकाजी हुन्छन्, त्यसो भएको हुँदा कति पटक सेक्स गरियोले भन्दा पनि कति सन्तुष्टि प्राप्त भयो भन्ने कुराले अर्थ राख्छ ।

एक प्रतिष्ठित निजी कम्पनीमा कार्यरत शारदा भन्छिन्, ‘अत्यन्त व्यस्त समयतालिकाका कारण म बेलुकासम्म निकै थाकिसकेकी हुन्छु तसर्थ हरेक दिन यौन सम्पर्कको इच्छा हुँदैन । यस्तो अवस्थामा श्रीमान्ले आफ्नो चाहना प्रकट गर्दा झिँजो लाग्छ ।

हरेक दिनको सट्टा हप्ताको एक दिन समर्पित समय बिताउने हो भने श्रीमान्–श्रीमतीबीच प्रेमभाव बढ्नुका साथै आत्मसन्तुष्टि समेत प्राप्त हुन्छ ।’ 

रोमान्स र यौन सम्पर्क

रोमान्स वैवाहिक जीवन एवं यौन सम्पर्कको सुरुवातका लागि अपरिहार्य मानिन्छ, तैपनि कहिलेकाहीँ महिलाहरू रोमान्स छाडेर यौनसाथीबाट केवल यौन सम्पर्कको चाहना राख्छन् । यस्तो अवस्थामा यौनसाथीले उनीहरूको मनोभाव बुझ्न सकेनन् र इच्छापिवरीत व्यवहार गरे भने महिलाहरू रुष्ट हुन्छन् । फलस्वरूप सम्बन्धमा दरार देखा पर्नसक्छ ।

नयाँ प्रयोग गर्ने चाहना

सदैव एकैनासको क्रियाकलापबाट अघाउनु मानवीय स्वभाव हो । हरेक दिन उही खाना खाँदा, उस्तै पहिरन लगाउँदा तथा हरेक दिन उही काम गर्दा मानिसलाई झिँजो लाग्नसक्छ । यो कुरा यौनको मामिलामा पनि लागू हुन्छ । तसर्थ महिलाहरू पनि पार्टनरसँग हरेक पटक सम्बन्ध गाँस्दा केही नयाँ उपायको अपेक्षा गर्छन् । नयाँ–नयाँ आसनको चाहनालाई यौनसाथीले बेवास्ता गरे महिलाहरूले बिस्तारै दूरी बढाउन थाल्छन् ।

सम्भोगपछि

प्राय: पुरुष आफू स्खलित हुनेबित्तिकै मुख फर्काएर सुत्छन्, तर महिलाहरू त्यस्तो व्यवहार रुचाउँदैनन् । महिलाहरू सहवासपछि पनि यौनसाथीले प्रेमपूर्ण स्पर्श, आलिङ्गन एवं आफूप्रति ध्यान दिएको रुचाउँछन् जुन कुरा अधिकांश पुरुष बुझ्न सक्दैनन् ।

एउटा प्रतिष्ठित बैंककी कर्मचारी भन्छिन्– ‘यौन सम्पर्कपछि आफूलाई रित्याएर जब मेरा श्रीमान् अर्कोतिर मुख फर्काएर सुत्छन् त्यतिबेला मलाई औडाहा हुन्छ । अचम्मको असन्तुष्टिले हैरान पार्छ र आनन्दको साटो हैरानीले अप्ठ्यारो हुन्छ । यो कुरा मैले उनलाई भनिसकेकी पनि छु तर वास्ता गर्दैनन् । यस्तै अवस्था रहे सम्बन्ध टुङ्ग्याउने हो कि भनेर विचार गर्दैछु ।’

मुड परिवर्तन

पुरुषले सदैव महिलाहरूको मनको नजिक रहन चाहने हो भने उनीहरूको इसारा बुझ्न सक्नुपर्छ । महिनावारीका क्रममा हार्मोनमा आउने परिवर्तनले महिलाहरूको मुड परिवर्तन गर्छ । यस्तो बेला कसैलाई अधिक यौनेच्छा हुन्छ भने कोही यौन सम्पर्कबाट टाढै रहन चाहन्छन् । यस्तोमा पुरुषले उनीहरूको मनोभाव बुझेर सोहीअनुरूप व्यवहार गर्ने प्रयास गर्दा सम्बन्ध दिगो हुन्छ । 

स्मार्ट टिप्स

- यौन सम्पर्कमा महिला यौनसाथीका अगाडि आफूलाई अब्बल साबित गर्ने चक्कर वा दबाबमा पुरुषहरू गम्भीर हुन्छन् । यदि यस्तो गरिन्छ भने आफ्नो व्यवहार बदल्नु आवश्यक छ किनभने - महिलाहरू अन्तरंग क्षणमा यौनसाथीसँग ठट्टा गर्ने मुडमा हुन्छन्, जसले आत्मीयता बढाउँछ ।

- अधिकांश महिला सुस्त गतिको यौन सम्पर्कलाई महत्व दिन्छन् ।

- महिलाहरू यौनसाथीसँग अश्लील कुराकानी गर्न चाहन्छन् । यस्तो बेला पुरुषहरू चुपचाप हल्लिइरहेको उनीहरूलाई निको लाग्दैन ।

- यौन सम्पर्कपछि आफूले पिल्स प्रयोग गर्नुभन्दा पुरुषले कन्डम प्रयोग गरून् भन्ने महिलाहरूको अपेक्षा हुन्छ ।

- महिलाहरू पुरुषले आफूलाई बेडरुममा कुरेर बसिरहेको भन्दा आफ्नो काममा सहयोग गरेर काम सकिएपछि अन्तरंग क्षणको मजा लिन रुचाउँछन् ।

- यौन सम्पर्कका क्रममा सार्‍है बढी तनाव तथा पीडा महिलाहरूका लागि रुचिकर हुँदैन । 

-एक अध्ययनअनुसार ७५ प्रतिशत महिला यौन सम्पर्कको सर्वोत्तम अनुभव चाहन्छन् भने पुरुषहरूबाट केही बढी नै अपेक्षा राख्छन् । साप्ताहिकबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!