१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

चितवन, भैरहवा र कास्कीका कुनै पनि क्याम्पसमा हुन सकेन स्ववियु निर्वाचन

५ चैत्र २०७९, आईतवार ०८:३५

चैत ५, काठमाडौँ | चितवन, भैरहवा र कास्कीका कुनै पनि क्याम्पसमा स्ववियु निर्वाचन हुने सकेको छैन् । ति जिल्लाहरूबाहेक अन्य जिल्लामा भने उत्साहजनक रूपमा मतदान भइरहेको त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ ।  चितवनका ३ वटै आंगिक क्याम्पसमा चुनाव हुन सकेको छैन् । चितवनका चितवन इन्जिनियरिङ क्याम्पस रामपुर, कृषि क्याम्पस रामपुर खैरहनी, वीरेन्द्र क्याम्पस भरतपुर चुनाव हुन सकेको छैन् । आन्तरिक विवादका कारण ती क्याम्पसहरूमा चुनाव हुन नसकेको समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीले बताए । 

त्यस्तै कास्कीका ४ वटै क्याम्पसमा समेत निर्वाचन अवरूद्ध भएको छ । पोखराका पोखरा नर्सिङ क्याम्पस, इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस, पोखरा क्याम्पस (वन) र पृथ्वीनारायण क्याम्पसमा निर्वाचन हुन सकेको छैन् ।  ती बाहेक अन्य क्याम्पसमा पनि चुनाव हुन सकेको सदस्य सचिव अधिकारीले बताए । 

१० हजार भन्दा बढी मतदाता विद्यार्थी रहेको पृथ्वीनारायण क्याम्पसमा अदालतले नै निर्वाचन गतिविधि सञ्चालन नगर्न आदेश दिएको थियो । निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी समेत गरिएको छ । जसले गर्दा मनोनयन नै दर्ता हुन सकेको छैन । त्यसपछि उच्च अदालतले निर्वाचनको गतिविधि सञ्चालन नगर्न अल्पकालीन आदेश दिएको थियो । जसले गर्दा निर्वाचन हुन सकेको छैन । क्याम्पसको विवाद अदालतसम्म पुगेपछि निर्वाचन समितिले नै राजीनामा दिएको छ । 

त्यस्तै, मनोनयन दर्ता भएर पनि अदालतका कारण पोखरा नर्सिङ क्याम्पसको स्ववियु निर्वाचन रोकिएको छ । सरकारी सेवासुविधा लिइरहेको व्यक्तिले उम्मेदवारी दिएको भन्दै अनुष्ठा चापागाईंले ३० फागुनमा उच्च अदालत पोखरामा रिट दायर गरेकी थिइन् । अदालतले तत्काल निर्वाचन नगराउन अन्तरिम आदेश जारी गरेको थियो । जसले गर्दा निर्वाचन प्रक्रिया रोकिएको छ । 

त्यस्तै उम्मेदवारी दर्ता भएर पनि पश्चिमाञ्चल इन्जिनियरिङ कलेजमा पनि स्ववियु निर्वाचन हुन सकेको छैन । उम्मेदवार टिकट बाँडफाँटमा मनोमानी भएको भन्दै नेविसंघको एक समूह आमरण अनसनमा बसिरहेको छ । उनीहरूले निर्वाचन अधिकृतको राजीनामा समेत माग गरेका छन् । त्यस्तै वन विज्ञान अध्ययन संस्थानमा पनि तालाबन्दीका कारण निर्वाचन हुन सकेको छैन । 

त्यस्तै भैरहवाका भैरहवा बहुमुखी, पक्लिहवा क्याम्पस भैरहवामा पनि निर्वाचन हुन सकेको छैन ।  निर्वाचन हुन नसकेका क्याम्पसहरूमा सरोकारवाला निकायसँग वार्ता र छलफल गरेर तत्काल निर्वाचन गराउन समितिले निर्देशन दिएको छ । सोही आधारमा उनीहरूले सरोकारवाला पक्षसँग छलफल गरेर निर्वाचन गराउने तयारी थालेका छन् । 

त्रिविका ६२ वटा आंगिक क्याम्पसहरूमध्ये केहीमा निर्वाचन हुन सकेको छैन । ती बाहेक अधिकांश क्याम्पसहरूमा उत्साहजनक रूपमा निर्वाचन भइरहेको त्रिविले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली एमाले हाम्रो प्रतिस्पर्धी भएकाले आगामी निर्वाचनमा धेरै तयारी गर्नपर्छ : डा.कोइराला काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी