२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

चितवन, भैरहवा र कास्कीका कुनै पनि क्याम्पसमा हुन सकेन स्ववियु निर्वाचन

२०७९, ५ चैत्र आईतवार ०८:३५

चैत ५, काठमाडौँ | चितवन, भैरहवा र कास्कीका कुनै पनि क्याम्पसमा स्ववियु निर्वाचन हुने सकेको छैन् । ति जिल्लाहरूबाहेक अन्य जिल्लामा भने उत्साहजनक रूपमा मतदान भइरहेको त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ ।  चितवनका ३ वटै आंगिक क्याम्पसमा चुनाव हुन सकेको छैन् । चितवनका चितवन इन्जिनियरिङ क्याम्पस रामपुर, कृषि क्याम्पस रामपुर खैरहनी, वीरेन्द्र क्याम्पस भरतपुर चुनाव हुन सकेको छैन् । आन्तरिक विवादका कारण ती क्याम्पसहरूमा चुनाव हुन नसकेको समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीले बताए । 

त्यस्तै कास्कीका ४ वटै क्याम्पसमा समेत निर्वाचन अवरूद्ध भएको छ । पोखराका पोखरा नर्सिङ क्याम्पस, इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस, पोखरा क्याम्पस (वन) र पृथ्वीनारायण क्याम्पसमा निर्वाचन हुन सकेको छैन् ।  ती बाहेक अन्य क्याम्पसमा पनि चुनाव हुन सकेको सदस्य सचिव अधिकारीले बताए । 

१० हजार भन्दा बढी मतदाता विद्यार्थी रहेको पृथ्वीनारायण क्याम्पसमा अदालतले नै निर्वाचन गतिविधि सञ्चालन नगर्न आदेश दिएको थियो । निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी समेत गरिएको छ । जसले गर्दा मनोनयन नै दर्ता हुन सकेको छैन । त्यसपछि उच्च अदालतले निर्वाचनको गतिविधि सञ्चालन नगर्न अल्पकालीन आदेश दिएको थियो । जसले गर्दा निर्वाचन हुन सकेको छैन । क्याम्पसको विवाद अदालतसम्म पुगेपछि निर्वाचन समितिले नै राजीनामा दिएको छ । 

त्यस्तै, मनोनयन दर्ता भएर पनि अदालतका कारण पोखरा नर्सिङ क्याम्पसको स्ववियु निर्वाचन रोकिएको छ । सरकारी सेवासुविधा लिइरहेको व्यक्तिले उम्मेदवारी दिएको भन्दै अनुष्ठा चापागाईंले ३० फागुनमा उच्च अदालत पोखरामा रिट दायर गरेकी थिइन् । अदालतले तत्काल निर्वाचन नगराउन अन्तरिम आदेश जारी गरेको थियो । जसले गर्दा निर्वाचन प्रक्रिया रोकिएको छ । 

त्यस्तै उम्मेदवारी दर्ता भएर पनि पश्चिमाञ्चल इन्जिनियरिङ कलेजमा पनि स्ववियु निर्वाचन हुन सकेको छैन । उम्मेदवार टिकट बाँडफाँटमा मनोमानी भएको भन्दै नेविसंघको एक समूह आमरण अनसनमा बसिरहेको छ । उनीहरूले निर्वाचन अधिकृतको राजीनामा समेत माग गरेका छन् । त्यस्तै वन विज्ञान अध्ययन संस्थानमा पनि तालाबन्दीका कारण निर्वाचन हुन सकेको छैन । 

त्यस्तै भैरहवाका भैरहवा बहुमुखी, पक्लिहवा क्याम्पस भैरहवामा पनि निर्वाचन हुन सकेको छैन ।  निर्वाचन हुन नसकेका क्याम्पसहरूमा सरोकारवाला निकायसँग वार्ता र छलफल गरेर तत्काल निर्वाचन गराउन समितिले निर्देशन दिएको छ । सोही आधारमा उनीहरूले सरोकारवाला पक्षसँग छलफल गरेर निर्वाचन गराउने तयारी थालेका छन् । 

त्रिविका ६२ वटा आंगिक क्याम्पसहरूमध्ये केहीमा निर्वाचन हुन सकेको छैन । ती बाहेक अधिकांश क्याम्पसहरूमा उत्साहजनक रूपमा निर्वाचन भइरहेको त्रिविले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति