2026-09-28 04:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक

2026-07-14

काठमाडौँ | सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकले कृषि, सुरक्षा, खेलकुद, सार्वजनिक संस्थान तथा सुशासनसँग सम्बन्धित विभिन्न निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेल ले पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् ।

बैठकले बीउबिजन पहिलो संशोधन नियमावली–२०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । संशोधित नियमावली कार्यान्वयनमा आएपछि बीउबिजनको उत्पादन, गुणस्तर नियन्त्रण, वितरण तथा व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउने सरकारको अपेक्षा रहेको छ । त्यसैगरी, सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत खोज तथा उद्धार कार्यमा खटिने कर्मचारीलाई विशेष जोखिम र जिम्मेवारीलाई मध्यनजर गर्दै प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरिएको छ ।

प्राकृतिक विपद् तथा अन्य आकस्मिक उद्धार कार्यमा अग्रपंक्तिमा खटिने जनशक्तिको मनोबल उच्च बनाउन यो निर्णय गरिएको सरकारको भनाइ छ । मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियोथेरापिस्ट तथा व्यवस्थापकलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्ने निर्णय पनि गरेको छ । यसबाट अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा बढाउने खेलकर्मीलाई राज्यबाट प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।

बैठकले नेपाल वायुसेवा निगम सञ्चालक समितिका अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई निगमको महाप्रबन्धकको जिम्मेवारीसमेत सम्हाल्ने गरी कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको छ । निगमको व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित यस्तो व्यवस्था गरिएको सरकारको भनाइ छ । यस्तै, अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी समस्याको समाधानका लागि विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयमार्फत तत्काल कार्यान्वयन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । लामो समयदेखि कार्यान्वयन हुन नसकेका सिफारिसलाई अब कार्यान्वयनमा लैजाने सरकारको तयारी रहेको बताइएको छ ।

सरकारका अनुसार यी निर्णयहरू सम्बन्धित मन्त्रालय तथा निकायमार्फत आवश्यक प्रक्रिया पूरा गरी कार्यान्वयनमा लैजाने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ एकैदिन तोलामा पाँच हजार रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच? चार दिनको अविरल वर्षाले सडक सञ्जाल प्रभावित, दर्जनौँ सडकमा यातायात ठप्प कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला