४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरणबारे ओली : तथ्य-प्रमाण खोज्दैछु, जेठ ४ गतेसम्म तथ्य खोल्छु

२८ बैशाख २०८०, बिहीबार ०७:२०

वैशाख २८, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी जेठ चार गतेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा को–को संलग्न भएको भन्ने तथ्य खोल्ने बताएका छन् । बिहीबार केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो प्रकरणमा आफुले तथ्यहरु खोजिरहेको भन्दै जेठ चार गते संसदमा बोल्ने क्रममा त्यो तथ्य खोल्ने बताएका हुन् । 

ओलीले आफू गृहमन्त्री भएका बेला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भुटानी शरणार्थीको तेस्रो राष्ट्रमा पुन:स्थापनाबारे पहिलोपटक सल्लाह गरेको बताए । त्यसबेला बिरामी अवस्थामा रहेका कोइरालाको स्वीकृतिमा आफूले यो विषय अगाडि बढाएको उनको भनाई छ ।

‘हामीले अब शरणार्थी पालिराख्न सम्भव छैन, थर्ड कन्ट्री सेटलमेन्ट गर्नुपर्छ भन्ने प्रस्ताव गिरिजाप्रसादसँग राख्दा उहाँले तपार्इं प्रयास गर्नुस् भन्नुभयो,’ उनले भने ।

त्यसपछि न्यूयोर्कमा आयोजित अमेरिकी राष्ट्रपतिले दिएको रिसेप्सनमा भुटानी शरणार्थीको सेटलमेन्टबारे पहिलोपटक प्रस्ताव राखेको ओलीले जानकारी दिए । तत्कालीन अमेरकी राष्ट्रपति जर्ज डब्लु बुशले आफूसँग शरणार्थीको विषयमा जिज्ञासा राखेको ओलीले बताए ।

उनले थपे, ‘रिसेप्सनमा घुम्दै जाँदा उहाँले मलाई सोध्नुभयो । मैले भनेँ- हामीलाई ठूलो समस्या भयो । समस्या तन्किँदै जाँदा हामीले थेग्न सक्दैनौं । महामहिमज्यू, तपाईंले हामीलाई मद्दत गर्नुपर्‍यो भनेर उभिएरै प्रस्ताव राखेँ । उहाँले कोन्डालिजा राईससँग कुरा हुँदैछ क्यारे, उहाँसँगै डिटेलमा कुरा गर्नुस भन्नुभयो । म कोन्डालिजालाई भनुँला भन्नुभयो । त्यसपछि डिसीमा कोन्डालिजासँग मेरो लामै कुरा भयो । त्यो कुराकानीको रेकर्ड अहिले पनि परराष्ट्रमा होला ।’

ओलीले २००८ देखि भुटानी शरणार्थीको सेटलमेन्ट सुरु भएको र २०१२ देखि यसमा विभिन्न गिरोह सक्रिय रहेको उल्लेख गरे । यो विषयमा अझै विस्तृत अध्ययन गरेर आगामी ४ गते संसदमा बोल्ने ओलीले बताए ।

‘सम्भवत म चार गते पार्लियामेन्टमा बोल्छु । चार गते मैले संसदमा बोल्ने बेलासम्ममा कुन शरणर्थीका नाममा कहाँको को मान्छे नक्कली शरणार्थी बनाएर पठाइयो ? कसले पठायो ? को संलग्न छ समेतको मैले तथ्य प्रस्तुत गर्ने कोशिस गर्छु’, ओलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ