Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
May 11, 2023 राजनीति

कांग्रेस बैठक अघि देउवाले भेटे प्रधानमन्त्री

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>वैशाख २८, काठमाडौं | </b>नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र रक्षा मन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल&nbsp; दाहाल ‘प्रचण्ड’लाई&nbsp; भेटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक अघि सभापति देउवा र रक्षा मन्त्री खड्काले प्रधानमन्त्रीलाई भेटेका हुन् ।<br></p><p>कांग्रेस पदाधिकारी बैठक दिउँसो २ बजे देउवा निवास धुम्बाराहीमा बस्दै छ । भुटानी शरणार्थी प्रकरणमा देखिएको पछिल्लो राजनीतिक अवस्थाका विषयमा प्रचण्डसँग&nbsp; देउवा र खड्काको छलफल गरेको बताइएको छ । तर, प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सेनाले सरकारले ल्याउने नीति तथा कार्यक्रमका विषयमा छलफल भएको बताए ।&nbsp;</p><p>प्रधानमन्त्रीले नीति तथा कार्यक्रमका विषयमा&nbsp; निरन्तर छलफल गरिरहेकाले देउवा र खड्कालाई समेत बोलाएर भेटेको उनले बताए ।</p>