१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भुटानी शरणार्थी प्रकरण : थुनछेक आदेशविरुद्ध अभियुक्तहरू उच्च अदालतमा

१३ असार २०८०, बुधबार ११:३६

असार १३, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तले काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका छन् । 

असार १ गते न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पक्राउ परेका १८ जनामध्ये दुईजनालाई धरौटीमा रिहा र १६ जनालाई थुनामा पठाउन आदेश दिएको थियो ।

जिल्ला अदालतको आदेश बेरितको रहेको दाबीसहित निवेदकले उक्त आदेश खारेज गरी धरौटीमा रिहा गर्न माग गरेका छन् ।

आदेशपछि प्रतिवादीमध्येका टंक गुरुङ १० लाख र लक्ष्मी महर्जन पाँच लाख धरौटीमा रिहा भएका थिए । मुद्दामा प्रतिवादी रहेका 'हाई प्रोफाइल'हरू बालकृष्ण खाँण, टोपबहादुर रायमाझीलगायत सबैलाई जगन्नाथ देवको केन्द्रीय कारागारमा थुनामा पठाइएको थियो । 

प्रतिवादीमध्येका हालसम्म पूर्वसंविधान सभा सदस्य आङ्टावा शेर्पा, खाँणका स्वकीय सचिव नरेन्द्र केसी र गोविन्द चौधरीको तर्फबाट जिल्ला अदालतको थुनछेक आदेश बदर माग गर्दै निवेदन परेको छ । उच्च अदालतकी प्रवक्ता मन्दिरा शाहीले उक्त निवेदनको पेसी तोकिनसकेको बताएकी छन् । 

त्यस्तै, दुई प्रतिवादीलाई धरौटीमा रिहा गर्ने आदेशविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंसमेतको तयारी भएको जानकारी सहन्यायाधिवक्ता अच्युत नेउपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट