ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालक गुरुङसहित ३ आरोपी अस्पतालमा

साझासवाल
1 Min Read

असार १५, काठमाडौँ | सरकारी लिखत तथा कागजात कीर्ते गरेर बालुवाटारस्थित ललिता निवासको जग्गा हडपिएको प्रकरणमा पक्राउ परेका चार जनामध्ये तीन जना अस्पताल भर्ना भएका छन् ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र र मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतमअस्पताल भर्ना भएका हुन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार १२ असारमा पक्राउ परेलगत्तै उनीहरु स्वास्थ्य समस्या देखाएर अस्पताल भर्ना भएका थिए । प्रहरीका अनुसार शाहीले मेरुदण्ड र प्रोस्टेटको समस्या देखाएका छन् भने गौतमले आफूले लगाइरहेको अक्सिजन नै झिकेर प्रहरीले पक्राउ गरेको दाबी गरेका छन् । मीनबहादुरले मुटु र रक्तचापसम्बन्धी समस्या रहेको बताएका छन् ।

अस्पतालमा बसेका तीन जनाले आफूहरुलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन समेत दिएका छन् । निवेदनमाथि सुनुवाइ गर्दै शुक्रबार सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

ब्यूरोले पक्राउ गरेका ७ जनामध्ये कलाधर देउजा, सुरेन्द्रमान कपाली र भुपेन्द्रमणि केसी सर्वोच्च अदालतको निषेधाज्ञाको आदेश देखाएर त्यसैदिन छुटिसकेका छन् । तीन जना अस्पताल भर्ना भएपछि कर्मचारी गोपाल कार्की मात्रै अहिले सीआईबीको हिरासतमा छन् ।

Leave a Comment

Leave a Reply