२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जनमतलाई सरकारमा आउन प्रधानमन्त्रीको आग्रह, ‘पर्ख र हेर’ मा सीके राउत

२०८०, १७ असार आईतवार ०६:५३

असार १७, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच भेट भएको छ । बजेटप्रति असन्तुष्टि जनाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका अध्यक्ष राउत प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

गठबन्धनमा रहेपनि मन्त्रालयमा असन्तुष्टि राख्दै जनमत पार्टी अहिले सरकार बाहिर छ । तर, भेटमा प्रधानमन्त्री प्रचण्डले सरकारमा आफूहरूलाई सरकारमा आउन आग्रह गरेका अध्यक्ष राउतले बताए ।


उनले भने, ‘उहाँले सरकारमा आउनुस् मिलाउँछु भन्नुभएको छ । आज गठबन्धनको बैठक पनि बस्दैछ । बैठकपछि केही निर्णय हुनसक्छ । अब गठबन्धनका सबै दलहरूबीच सहमति बनाउनुपर्छ ।’

उनले आज ४ बजे गठबन्धनको बैठक बस्ने तयारी भइरहेको पनि बताए । राउतले आफूले दाबी गर्दै आएको मन्त्रालय पाए सरकारमा जानसक्ने संकेत गरे । जनमतले कृषि वा उद्योग मन्त्रालयको अडान राखेको थियो । अहिले कृषि नेकपा एकीकृत समाजवादी र उद्योग मन्त्रालय कांग्रेसको भागमा परेको छ ।

त्यसो त तपाईंहरूले गठबन्धनमा रहेर पनि बजेटको विपक्षमा मतदान गर्नुभयो । समर्थन नै फिर्ता लिने तयारी गर्नुभएको त होइन ? भन्ने नेपाल प्रेसको प्रश्नमा उनले थपे, ‘अहिलेसम्म हामीले निर्णय गरेका छैनौं । अब गठबन्धनको बैठकपछि पार्टीको बैठकले निर्णय गर्छ ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई