काठमाडौंको फोहोर विसर्जनमा बञ्चरेडाँडाका स्थानीयले आज पनि गरे अवरोध

साझासवाल

साउन २, काठमाडौं | बञ्चरेडाँडाका स्थानीयले ल्यान्डफिल्ड साइटमा आज (मंगलबार) पनि फोहोर फाल्न अवरोध गरेका छन् । स्थानीयको अवरोधका कारण काठमाडौं महानगरबाट फोहोर बोकेको कुनैपनि गाडी ल्यान्डफिल्ड साइट नगएको फोहोर मैला व्यवस्थापन संघले जनाएको छ ।

काठमाडौं उपत्यकाका १८ वटा नगरपालिकाको फोहोर नुवाकोट र धादिङको सीमानामा पर्ने बञ्चरेडाँडामा विसर्जन हुँदै आएको छ।

बञ्चरेडाँडा र सिसडोलका स्थानीयहरुले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै नयाँ आर्थिक वर्ष सुरु भएकै दिन सोमबारदेखि फोहोर बोकेर ल्यान्डफिल साइट गएका गाडीहरुलाई बाटोमै रोकेका थिए ।

बञ्चरेडाँडा र सिसडोलका स्थानीयले फोहोर विसर्जन गर्न अवरोध गरेपछि फोहोर मैला व्यवस्थापन संघले अदालतमा रिट दर्ता गरेको थियो ।

सोमबार ३० वटा फोहोर बोकेका गाडी ल्याण्डफिल साइट जाँदा बाटोबाटै फर्केको थियो । तर, मंगलबार फोहोर बोकेको गाडी काठमाडौंबाट नै नगएको हो । काठमाडौं उपत्यकाबाट दैनिक फोहोर बोकेको करिब ३८० वटा ट्रक बञ्चरेडाँडा जाने महानगरले जनाएको छ ।

बञ्चरेडाँडा र सिसडोलका स्थानीयको अवरोध कारण बुधबारदेखि काठमाडौंको फोहोर नउठ्ने फोहोरमैला व्यवस्थापन संघले जनाएको छ ।

संघका अनुसार सोमबार ३० वटा फोहोर बोकेका गाडी ल्याण्डफिल साइट जाँदा बाटोबाटै फर्केको थियो । तर, मंगलबार फोहोर बोकेको गाडी काठमाडौंबाट नै नगएको हो । काठमाडौं उपत्यकाबाट दैनिक फोहोर बोकेको करिब ३८० वटा ट्रक बञ्चरेडाँडा जाने महानगरले जनाएको छ ।

बञ्चरेडाँडा र सिसडोलका स्थानीयको अवरोध कारण बुधबारदेखि काठमाडौंको फोहोर नउठ्ने फोहोरमैला व्यवस्थापन संघले जनाएको छ ।

Leave a Comment

Leave a Reply