Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
July 18, 2023 राजनीति

त्रिभुवन विमानस्थलबाट दुबई जान लागेका बिदेशी नागरिक १० हजार अमेरिकी डलरसहित पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>साउन २, काठमाडौँ | </b>नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका लेबनान नागरिक ४२ वर्षीय एल यमन महमदलाई अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको १० हजार अमेरिकी डलरसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।&nbsp;<br></p><p>त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍यान्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनले झोलामा लुकाई लैजान लागेको १ सय दरको १ सय थानमा रहेको उक्त अमेरिकी डलर फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।&nbsp;</p><p>उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि सोमबार राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।</p>