२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नक्कली सर्टिफिकेट लिएर जापान जाने बढेपछि विभागद्वारा छानबिन शुरु

२०८०, ११ भाद्र सोमबार ०८:४२

भदौ ११, काठमाडौँ | जापान जान अनिवार्यरुपमा लिनुपर्ने जापानी सस्कृति तथा भाषा परीक्षा नै नदिएकाहरु पनि नक्कली सर्टिफिकेट लिएर वैदेशिक रोजगारीका लागि जापान पुगेको खुलेको छ । विगत १२ वर्षदेखि तत्कालीन श्रम मन्त्रालय र हालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट अनुमति प्राप्त जाईका अल्मुनाई एशोसिएसन अफ नेपाल (JICA ALUMNI ASSOCIATION OF NEPAL)ले लिने भाषा संस्कृतिसम्बन्धी परीक्षा उत्तीर्ण आवेदकहरु जापानको श्रम स्वीकृतिका लागि योग्य मानिन्छन् ।

तर ‘ जान’ मा भाषा परीक्षाका लागि आवेदन नै नगरेका केही युवा श्रम स्वीकृति लिएर रोजगारीका लागि जापान पुगेको गाईंगुईं चलेपछि वैदेशिक रोजगार विभागले त्यस विषयमा आन्तरिक छानबिन शुरु गरेको बताइएको छ । छानबिनपछि विस्तृत विवरण सार्वजनिक गरिने विभागका एक कर्मचारीले बताएका छन् ।

विभागले यसअघि विभिन्न श्रम तथा रोजगार कार्यालयबाट दिइने जापानको पूर्व तथा अन्तिम स्वीकृति आइतबारदेखि वैदेशिक रोजगार कार्यालय ताहाचलबाट मात्रै दिने निर्णय गरेको बताइएको छ ।

नक्कली सर्टिफिकेट दिलाएर जापान पठाउने कुन-कुन मेनपावर हुन् भन्नेबारे अनुसन्धान जारी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते