<p><b>भदौ ११, काठमाडौँ | </b>वैदेशिक रोजगारीका लागि रोमानिया गएका दुई जना नेपाली ग्यास ट्यांकर विष्फोटमा परी घाइते भएका छन् । शनिबार रोमानियाको राजधानी बुखारेस्ट नजिकै एउटा ग्यास स्टेसनमा दुई वटा ग्यास ट्यांकर विस्फोट भएका थिए । जसमा दुई जनाको मृत्यु भएको र ५६ जना घाइते भएको अलजजिराले जनाएको छ ।<br></p><p>केही सञ्चारमाध्यमहरुले रोमानियाको परराष्ट्र मन्त्रालयले विस्फोटमा धनुषाका भक्तबहादुर सुनुवार र सुनसरीका रमेशकुमार साह घाइते भएको उल्लेख गरेका छन् । तर उनीहरुको अवस्थाबारे स्वतन्त्ररुपमा पुष्टि गरिएको छैन । विष्फोटमा जलेर गम्भीर घाइते भएका अन्यलाई बेल्जियमका बर्न अस्पतालमा लागिएको अलजजिराले उल्लेख गरेकोे छ ।</p>
रोमानियामा ग्यास ट्यांकर विष्फोटमा परी दुई नेपालीसहित ५६ जना घाइते, दुई जनाको मृत्यु
Leave a Comment

