१८ दिनदेखि बेपत्ता नरबहादुर मृत फेला

साझासवाल

<p><b>चैत ८, बैतडी |</b> १८ दिनदेखि बेपत्ता रहेका एकजना मृत फेला परेका छन्। जिल्लाको पुर्चौडी नगरपालिका– ३ गैरागाउँका ४६ वर्षीय नरबहादुर बोहरा मृत फेला परेकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए।&nbsp;</p><p>गएको फागुन १९ गतेदेखि हराइरहेका बोहरा नौलीगाड भन्ने स्थानमा मृत फेला परेको जनाइएको छ। स्थानीयले बोहरालाई मृतावस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरिएको प्रहरी निरीक्षक जोशीले बताए।&nbsp;&nbsp;</p><p>घटनाका विषयमा अनुसन्धानका लागि प्रहरी निरीक्षक जोशी नेतृत्वको टोली घटनास्थल पुगेको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।&nbsp;</p>

Leave a Comment

Leave a Reply