माघ २५, काठमाडौँ । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्तीको ३० प्रतिशत काम सकिएको छ । 

१ महिना अघि नेपालका चर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ २५, काठमाडौँ । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्तीको ३० प्रतिशत काम सकिएको छ । 

१ महिना अघि नेपालका चर्"/>

५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुसहर बस्ती निर्माणमा एक महिनामै सकियो ३० प्रतिशत काम

२५ माघ २०७३, मंगलवार ०७:५६


माघ २५, काठमाडौँ । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्तीको ३० प्रतिशत काम सकिएको छ । 

१ महिना अघि नेपालका चर्चित हाँस्यकलाकार महजोडी हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठद्धारा शिलान्यास गरिएको बर्दिबास स्थीत नमुना मुसहर बस्तीमा ३० प्रतिशत भन्दा बढि काम सकिएको परियोजनाका संयोजक अर्जुन न्यौपानेले जानकारी दिएका छन् ।

१ महिनामै ३० प्रतिशत भन्दा बढि काम सकिएको छ परियोजनाका संयोजक न्यौपानेले भने यहि गतिमा काम भए हामिले छिट्टै काम सम्पन्न गर्न सक्छौ । धुर्मुस सुन्तली फाउण्डेसनले निर्मँण गरिरहेको मुसहर बस्ती सोचे अनुरुप भन्दा छिट्टै काम भईरहेको छ । 


१५ दिनमै १५ प्रतिशत भन्दा बढि काम सकिएको मुसहर बस्तीमा अहिले घरको झ्याल र ढोका हाल्ने काम सुरु भईसकेको बताईएको छ । मुसहर बासीहरुले पनि बस्ती निर्मँणमा साथ दिईरहेको बताउने न्यौपानेले सबैको साथ र सहयोगले सोचे भन्दा छिटो काम अगाडी बढिरहेको जानकारी दिए । ‘मुसहरहरुको अनुहारमा छुट्टै खुसी आएको छ’ उनले भने ‘अब हामिले बस्ती पाउछौ भनेर दिनरात बस्ती निर्मँणमा खटिरहनुभएको छ’ ।

उता एकिकृत नमु्ना मुसहर बस्ती निर्मँणका लागी सहयोग संकलन गर्न अष्ट्रेलिया पुगेका जोडि सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली आजै नेपाल फर्कदै छन् । अष्ट्रेलियाका बिभिन्न सहरमा आयोजित कार्यक्रममा मुसहर बस्ती निर्माणका लागी सहयोग संकलन गरेर यो जोडि नेपाल फर्किन लागेको हो । 

अष्ट्रेलियामा गज्जबको ईभेन्ट्स द्धारा आयोजना गरिएको धुर्मुस सुन्तली सांझ र अन्य सहयोगी मनहरुबाट धुर्मुस सुन्तलीले ६५ लाख सहयोग संकलन गरेका छन् । गज्जबको इभेन्ट्सका आयोजक प्रदिप चापागांईले जानकारी दिए अनुसार अष्ट्रेलियाको पहिलो कार्यक्रम धुर्मुस सुन्तली सांझबाट २५ हजार अष्ट्रेलियन डलर सहयोग संकलन भएको छ भने एडिलेटबाट १५ हजार, मेलवर्नबाट २३ हजार, ब्रिसबेनबाट १९ हजार अष्ट्रेलियन डलर सहयोग संकलन भएको छ ।

 

अष्ट्रेलियाका बिभिन्न कार्यक्रमहरुबाट जम्मा ६५ लाख नेपाली सहयोग रकम संकलन भएको धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुस) ले बताएका छन् । अष्ट्रेलियाबाट सहयोग गर्ने सम्पुर्ण नेपालीलाई धन्यवाद दिदै उनले सहयोग गर्न चाहनेलाई पनि छिटो भन्दा छिटो सहयोग गर्नका लागी आग्रह गरेका छन् । ‘हामिलाई छिटो भन्दा छिटो सहयोग संकलन गर्नुपर्ने छ’ उनले भने ‘सबैको साथ र सहयोगले बस्ती निर्माणमा हौसला थपेको छ’ ।

धुर्मुस सुन्तली फाउण्डेसनलाई बस्ती निर्माणका लागी बिभिन्न संघ संस्था तथा ब्यत्तिगत रुपमा सहयोग गर्ने सहयोगी मनहरु बढिरहेको फाउण्डेसनका लेखा अधिकृत सरोज खत्रीले बताएका छन् । अहिलेसम्म धुर्मुस सुन्तली फाउण्डेसनको बैंक अफ काठमान्डौको खातामा ८७ लाख २४ हजार सहयोग रकम जम्मा भएको छ भने कृषि बिकाश बैंकको खातामा १ करोड १५ लाख भन्दा बढि रकम जम्मा भएको छ । सहयोग रकमलाई नै आधार मान्ने हो भने फाउण्डेसनलाई अहिले सम्म १ करोड बराबारको सहयोग रकम प्राप्त भएको छ । 


जसमा फाउण्डेसनको बैंक अफ काठमान्डौमा जम्मा भएको र कृषि बिकाश बैंकले दिएको १५ लाख गरि १ करोड बराबार सहयोग रकम संकलन भएको हो । गिराञ्चौर परियोजनाबाट बांकि बसेको १ करोड बराबारको रकम सहित फाउण्डेसनको खातामा २ करोड बराबरको रकम संकलन भएको छ । धुर्मुस सुन्तली फाउण्डेसनले निर्मँण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी ४ करोड ७८ लाख लगानी लाग्ने अनुमान लिईएको छ । फाउण्डेसनले अहिलेसम्म मुसहर बस्ती निर्माणका लागी ७० लाखको हाराहारीमा खर्च गरेको छ । 

फाउण्डेसनका लेखा अधिकृत खत्रीले बताए अनुसार अहिलेसम्मको सहयोग रकममा अष्ट्रेलिया बाट उठेको र कतारबाट घोषित रकम अझै बैंकको खातामा जम्मा भईसकेको छैन् । घोषित रकम र अहिलेसम्मको संकलित सहयोग रकम सहित फाउण्डेसनमा अहिलेसम्म २ करोड ५० लाख बराबरको सहयोग संकलन भएको बताईएको छ । परियोजनाको अनुमानित रकमका लागी अझै २ करोड बढि सहयोगको खांचो छ । जसका लागी धुर्मुस सुन्तली फाउण्डेसनले सहयोग गर्न चाहने सम्पुर्णलाई सहयोगको लागी अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’ बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै रवि लामिछानेको बयान सुरू सेरेस ब्राण्ड विद्युतीय गाडीमा धुँवा निस्किएकोबारे के भन्छ कम्पनी ? स्कटल्यान्डका मक्मलेन सुदूरपश्चिम रोयल्समा आबद्ध ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहसको परिणाम राम्रो हुँदैन जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा मेलामा केटी साथी भेट्न नदिएको निहुँमा विवाद, आफ्नै पाँच साथीले गरे कृष्णकुमारको हत्या पार्टीको परीक्षण सामाजिक सञ्जालले होइन, निर्वाचनले गर्छ: शंकर पोखरेल १२ गाउँ’ को सिक्वेल बन्दै, ‘बलिदान’पछि निर्माण सुरु गरिने आज पनि ६ सय रुपैयाँले महँगियो सुन, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम ! नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप