धादिङको बसेरी गाविसको पानीमा दिसामा पाइने जीवाणु

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

माघ २५, धादिङ । गाउँबासीले नियमित उपभोग गरिरहेको उत्तरी धादिङको बसेरी गाविसमा रहेको पानीमा दिसामा पाइने जीवाणु (कोलीफर्म) भेटिएको छ ।

बसेरी गाविसमा नागरिकले उपभोग गरिरहेको २१ मुहानको पानी जाँच गर्दा ११ मुहानको पानीमा कोलीफर्म भेटिएको हो। कोसोक नेपालले युएमएनको सहयोगमा बसेरी स्वास्थ्यचौकीको अगुवाइमा खानेपानी परीक्षण गरेको हो।

यहाँका मुहानबाट पानीको नमुना लिएर जाँच गर्दा यसमा देखिएको कोलीफर्मले मानिस बिरामी हुने र महामारी फैलिने खतरा रहेको देखिएको कोसोकका कार्यक्रम संयोजक शान्ति तामाङले बताइन्।

गाउँभरिको पानीमा यस्तो देखिएकाले यसको लागि मुहान सफाइ तथा पानीलाई निर्मलीकरण गरेर खान भनिएको पनि तामाङको भनाइ छ । पानीमा कोलीफर्म भेटिनुको कारण मुहान संरक्षणमा कमी भएकाले मुहान सुरक्षा गरी सरसफाइमा ध्यान दिनुपर्ने बताइएको छ । रासस

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply