साउन ३, काठमाडौं | नयाँ सरकार बन्ने जोडघटाउ सुरु भएपछि अहिले ठूला दलहरुमा विद्रोही र "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३, काठमाडौं | नयाँ सरकार बन्ने जोडघटाउ सुरु भएपछि अहिले ठूला दलहरुमा विद्रोही र "/>
२८ मंसिर २०८२, शनिबार
काठमाडौँ - KTM

ठूला दलहरुमा ‘विद्रोही’ र साना दलहरुमा ‘मुसा प्रवृत्ति’ को बिगबिगी

३ श्रावण २०७३, सोमबार ०१:१२

साउन ३, काठमाडौं | नयाँ सरकार बन्ने जोडघटाउ सुरु भएपछि अहिले ठूला दलहरुमा विद्रोही र साना दलहरुमा ‘मुसा प्रवृत्ति’ को बिगबिगी हुन थालेको छ । 

केही वर्षअघि तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आफू नेतृत्वको सरकार छाडेर अर्को सरकार बनाउन फुत्त राजीनामा दिएर हिँड्ने केही मन्त्रीलाइए संकेत गर्दै मुसा प्रवृत्तिको संज्ञा दिएका थिए । त्यसबेला उनले लक्षित गरेका प्रमुख पात्र अहिलेका उपप्रधानमनत्री तथा परराष्ट्रमन्त्री कमल थापा थिए ।

सत्ताको डुंगामा प्वाल परेर पानी छिर्ने र डुब्ने अवस्थामा पुगेपछि त्यो डुंगा टालटुल पारेर जोगाउनुको सट्टा अर्को डुंगामा फुत्त हामफाल्ने प्रवृत्तिको रुपमा अथ्र्याइने गरेको छ।

त्यतिबेला मुसा प्रवृत्तिको नायकको रुपमा चर्चित अहिलेका राप्रपा नेपालका अध्यक्ष थापा भने त्यति बेला ठीक उल्टो अहिले वर्तमान सरकारलाई अन्तिम समयसम्म साथ दिने भन्दै पार्टीबाटै निर्णय गराइसकेका छन्। 

तर, अन्य कतिपय मन्त्रीहरु भने अहिलेको सत्तारुपी डुंगा छोडेर नयाँ गठबन्धनका नेताहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्री बनाइदिनुपर्यो भन्दै अनुनय विनय गर्न थालेका छन्। 

प्रधानमन्त्री नै पाउने अवस्थामा माओवादी केन्द्रले अहिलेको सत्ता छोड्नुलाई स्वभाविकरुपमा लिइए पनि अन्य साना दलको कुदाकुदलाई भने राजनीतिक विश्लेषकहरुले अनौठो ठानेका छन्। – नेपाल समाचार पत्र 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ