साउन ३, काठमाडौं | नयाँ सरकार बन्ने जोडघटाउ सुरु भएपछि अहिले ठूला दलहरुमा विद्रोही र "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३, काठमाडौं | नयाँ सरकार बन्ने जोडघटाउ सुरु भएपछि अहिले ठूला दलहरुमा विद्रोही र "/>
२०८२, २३ चैत्र सोमबार
काठमाडौँ - KTM

ठूला दलहरुमा ‘विद्रोही’ र साना दलहरुमा ‘मुसा प्रवृत्ति’ को बिगबिगी

२०७३, ३ श्रावण सोमबार ०१:१२

साउन ३, काठमाडौं | नयाँ सरकार बन्ने जोडघटाउ सुरु भएपछि अहिले ठूला दलहरुमा विद्रोही र साना दलहरुमा ‘मुसा प्रवृत्ति’ को बिगबिगी हुन थालेको छ । 

केही वर्षअघि तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आफू नेतृत्वको सरकार छाडेर अर्को सरकार बनाउन फुत्त राजीनामा दिएर हिँड्ने केही मन्त्रीलाइए संकेत गर्दै मुसा प्रवृत्तिको संज्ञा दिएका थिए । त्यसबेला उनले लक्षित गरेका प्रमुख पात्र अहिलेका उपप्रधानमनत्री तथा परराष्ट्रमन्त्री कमल थापा थिए ।

सत्ताको डुंगामा प्वाल परेर पानी छिर्ने र डुब्ने अवस्थामा पुगेपछि त्यो डुंगा टालटुल पारेर जोगाउनुको सट्टा अर्को डुंगामा फुत्त हामफाल्ने प्रवृत्तिको रुपमा अथ्र्याइने गरेको छ।

त्यतिबेला मुसा प्रवृत्तिको नायकको रुपमा चर्चित अहिलेका राप्रपा नेपालका अध्यक्ष थापा भने त्यति बेला ठीक उल्टो अहिले वर्तमान सरकारलाई अन्तिम समयसम्म साथ दिने भन्दै पार्टीबाटै निर्णय गराइसकेका छन्। 

तर, अन्य कतिपय मन्त्रीहरु भने अहिलेको सत्तारुपी डुंगा छोडेर नयाँ गठबन्धनका नेताहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्री बनाइदिनुपर्यो भन्दै अनुनय विनय गर्न थालेका छन्। 

प्रधानमन्त्री नै पाउने अवस्थामा माओवादी केन्द्रले अहिलेको सत्ता छोड्नुलाई स्वभाविकरुपमा लिइए पनि अन्य साना दलको कुदाकुदलाई भने राजनीतिक विश्लेषकहरुले अनौठो ठानेका छन्। – नेपाल समाचार पत्र 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई