पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि, नयाँ संक्रमित कहाँ-कहाँका ?

साझासवाल

जेठ १९, काठमाडौँ | पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

जसमा २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या १७ सय ९८ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म क्‍वारेन्टाइनमा रहनेको संख्या १ लाख १३ हजार ७५७ जना रहेका छन् । त्यस्तै सोमबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख १३ हजार ७५७ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ७१ हजार ९ सय ३ परीक्षणहरु गरिएका छन् ।

नयाँ संक्रमित कहाँ-कहाँका ?

झापा (बार्हदशी) – २ जना

नवलपरासी (पुर्व), कावासोती, बिनात्रिवेणी – ३ जना

दैलेख (नारायण, सिमडा, देवकाडा, सोत, सादु, जुकेपानी, दुल्लु, महबु)- ४१ जना

जुम्ला (हिमा, सिंजा, प्रहरी कर्मचारी) – १९ जना

सल्यान (बनगाड, कुपिन्डे) – १० जना

सुर्खेत (बाराहाताल) – ५ जना

कपिलवस्तु (वाणगङ्गा, शिवराज, हरिहरपुर, महाराजगंज, रंगिलाल मावि क्वारेन्टाइन, चन्द्रौटा राष्ट्रिय बिद्यालय क्वारेन्टाइन, रघु सामुदायिक बिद्यालय क्वारेन्टाइन) – ४० जना

रौतहट (परौहा) – १४ जना

सर्लाही (सर्लाही जनता मावि क्वारेन्टाइन) – ३८ जना

कैलाली – १४ जना

दाङका (तुलसीपुर, गढवा, लमही, राप्ति) – ९ जना

बाँके (डुलुवा) – ७ जना

धनुषा  (धनौजी, हंशपुर, जनकपुर) – ७ जना

सिरहा (सुर्यनारायण क्वारेन्टाइन) – ५

झापा – २ जना

महोत्तरी  (लाहोरपट्टि) – २ जना

मकवानपुर – १ जना

उदयपुर – १ जना

अछाम – १ जना

बैतडी – १ जना

डोटी – १ जना

कञ्चनपुर – १ जना

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ८ जनाको मृत्यु भएको छ ।

पछिल्लो समय भारतबाट ठूलो संख्यामा नेपाली भित्रिएसँगै कोरोनाभाइरसका संक्रमित पनि बढेका हुन्।

Leave a Comment

Leave a Reply