धादिङमा लकडाउन खुकुलो, चटपटेदेखि कपडा तथा मोवाइल पसल समेत खुल्न थाले (१३ तश्वीर)

साझासवाल
6 Min Read

अनिल अधिकारी | जेठ १९, काठमाडौँ | कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यका साथ सरकारले देशभरि लकडाउन गरेको छ । तर धादिङ सदरमुकाम धादिङबेसीमा भने लकडाउनमा पनि अत्यावश्यक बाहेकका अधिकांश पसलहरु खुलेका छन् ।

माथिको तश्वीर: धादिङ जिल्ला सदरमुकाम धादिङबेसी बजार ।

तलका तश्वीरहरु सोमबार दिउसो धादिङ सदरमुकाम धादिङबेसीमा लिईएका केहि तश्वीरहरु हुन् । खिचिएका तश्वीरहरुमा चटपटे पसलदेखि इलेक्ट्रिक तथा कपडा पसलहरु समेत निर्वाध रुपमा संचालनमा रहेको भेटिएको छ ।

माथिको तश्वीर: सोमबार धादिङ जिल्ला सदरमुकाम धादिङबेसीमा लिईएको हो ।

सदरमुकाममा लकडाउन खुकुलो भएसंगै मानिसहरु अत्यावश्यक बाहेकका सामान किन्ने फेन्सी पसलमा समेत भीड लागेको देखिन्छ । लकडाउनकै बेला धादिङको पुछारबजार र बसपार्क जाने चोकमा एक जना महिला ठेलागाढामा चटपटे बेचिरहेको दृश्यले पनि धादिङबेसीको लकडाउन कतिसम्म खुकुलो छ भन्ने देखाउंछ । त्यस्तै कपडा पसलहरुमा पनि मानिसहरु सामाजिक दुरीको ख्यालनै नगरी किनमेल गर्दै गरेको देखियो ।

माथिको तश्वीर: सोमबार धादिङ जिल्ला सदरमुकाम धादिङबेसीमा लिईएको हो । एकजना महिला ठेलागाढामा चटपटे बेच्दै ।

माथिको तश्वीर: सोमबार धादिङ जिल्ला सदरमुकाम धादिङबेसीमा लिईएको हो । धेरै पसलहरु खुला छन् । साथै भीड देख्न सकिन्छ ।

यसै विषयमा जानकारी लिंदा धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले धादिङमा लकडाउन खुकुलो नरहेको दावी गरे । 'सोमबार दिउसो नै खिचिएको तश्वीरहरु र सदरमुकाम निकै खुकुलो अवस्था रहेको रिपोर्ट हामीलाई प्राप्त भएको छ' भन्ने साझासबाल मिडियाको स्पष्टिकरणमा तामाङले ११ बजेदेखि ४ बजेसम्मको समयमा निर्माण सामग्री, खाध्यान्न र तराकारी पसल खोल्न मात्र अनुमति दिएको बताए । 'कपडा पसल, घडी तथा मोवाइल पसल अनि चटपटे समेत बेचिरहेको तश्वीर हामीले खिचेका छौं' भन्ने साझा सबाल मिडियाको ध्यानाकर्षणमा उनले मिडियाले खिचेको तश्वीरमै शंका गर्दै भने 'कुन बेलाको फोटो हो हामीलाई थाहा भएन, कहाँको फोटो हो ? कुन ग्राउन्डको हो ? हामीले स्वीकृति दिएको बाहेकका पसलहरु खुलेको छैन ।' तामाङले अनुमति दिएका बाहेकका पसलहरु खुलेको भए कारवाही गर्ने बताए ।

माथिको तश्वीर: सोमबार धादिङ जिल्ला सदरमुकाम धादिङबेसीमा लिईएको हो । कपडा तथा फेन्सी पसलहरु खुला छन् । साथै पसलमा भीड देख्न सकिन्छ ।

माथिको तश्वीर: सोमबार धादिङ जिल्ला सदरमुकाम धादिङबेसीमा लिईएको हो ।

कोरोना संक्रमितको संख्या बढ्दै गएको र यो समाचार तयार पार्दासम्म ५९ जिल्लामा कोरोना संक्रमित फेला पारिएको छ । त्यसो त संक्रमित जिल्लाहरुमा धादिङसमेत अछुतो छैन । धादिङमा ३ संक्रमित भेटिईसकेका छन् । तिमध्ये दुई जना निको पनि भएका छन् ।

देशव्यापी रुपमा कोरोना संक्रमणको केसहरु बढ्दै जाँदा धादिङ जिल्लामा भने लकडाउन नियन्त्रित अवस्थामा नरहेको देखिएको भन्दै जिल्लावासीहरु थप ससंकित बनेका छन् । केहि दिनयता धादिङ सदुरमुकाममा लकडाउन निकै खुकुलो बन्दै गएको स्थानीयहरुले बताएका छन् ।

माथिको तश्वीर: सोमबार धादिङ जिल्ला सदरमुकाम धादिङबेसीमा लिईएको हो । अनुमति नपाएका तथा अत्यावश्यक सूचीमा नरहेका अधिकांश पसलहरु खुला छन् ।

माथिको तश्वीर: सोमबार धादिङ जिल्ला सदरमुकाम धादिङबेसीमा लिईएको हो । बुटिक तथा सिलाई कटाई गर्ने पसल खुला छन् ।

माथिको तश्वीर: सोमबार धादिङ जिल्ला सदरमुकाम धादिङबेसीमा लिईएको हो । मोवाइल मर्मत तथा विक्री केन्द्रहरु खुला छन् । साथैमा गाउँबाट सदरमुकाम आएकाहरु ।

माथिको तश्वीर: सोमबार धादिङ जिल्ला सदरमुकाम धादिङबेसीमा लिईएको हो । बीचबजारमा रहेको एक मोबाइल पसल ।

थप सतर्कता आवश्यक – जिल्ला अस्पताल प्रमुख

पछिल्लो समय धादिङका स्थानीय तहहरुमा भारतबाट उद्दार गरि ल्याइएका नागरिकहरुको स्वास्थ्य परीक्षण सुरु भईरहँदा धादिङमा पनि अन्य जिल्लामा झैं कोरोना संक्रमित बढ्ने अवस्था रहेको धादिङ जिल्ला अस्पतालका प्रमुख महेन्द्र धमलाले बताएका छन् । धमलाले जिल्लामा थप सतर्कता अपनाउनुपर्ने अवस्था रहेको र जिल्ला अस्पतालले समेत उच्च सतर्कता अपनाउनु आवश्यकता रहेको भन्दै जिल्ला अस्पतालमा भोलीदेखिनै थप सतर्कता अनुसार काम गर्ने बताए ।

अस्पताल प्रमुख धमलाले स्थानीय तहबाट कोरोना आशंका लागेर रिफर भएका विरामीहरुलाई चेकजाँचको क्रममा तथा जिल्ला अस्पतालमा सिधै आउने बिरामीहरुलाई पनि निगरानी आवस्यक रहेको बताए । धमलाका अनुसार धादिङ जिल्ला अस्पतालमा कोरोना संक्रमणका आशंका लागेकाहरुलाई हाल ५ आइसोलेसन बेडको तयारी अवस्थामा रहेको बताए । धमलाका अनुसार जिल्ला अस्पतालमा आवश्यक मात्रामा आरडीटि परीक्षण गर्ने किट नभएको बताए । उनका अनुसार जिल्ला अस्पतालले स्वास्थ्य संस्थाबाट परीक्षण किट ल्याएर परीक्षण गरिरहेको जानकारी दिए ।

धादिङ जिल्ला अस्पतालले जिल्ला अस्पताल पुग्ने कोरोना लक्षण देखिएकाहरुको ट्राभल हिस्ट्री हेरेर सिधै पिसिआर परीक्षणको लागि स्वाब लिने गरिएको बताए । साथै लक्षण मिलेकाहरुलाई आरडीटि गरेर पोजेटिभ देखिएको अवस्थामा मात्र पिसिआर परीक्षणको लागि नमुना लिएर आइसोलेसनमा राखिने बताए । उनले जिल्ला अस्पताललाई प्रयाप्त स्रोत र साधन नभएको बताए ।  साथै गर्मी सुरु भएकाले ओपिडीमा पिपिइ सेट लगाएर काम गर्न निकै असहज हुने बताएका छन् ।

साझा सबाल मिडियाले जिल्ला अस्पताल परिसर तथा बिरामी जाँचको क्रममा व्यवस्थापनमा केहि त्रुटी रहेको बताएपछि अस्पताल प्रमुख धमलाले त्यस्तो त्रुटी समाधान हुने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले हाल जिल्ला अस्पतालमा गम्भीर प्रकृतिको विरामीहरु आउने गरेको भन्दै अस्पतालले सामाजिक दुरी सहितको उच्च सतर्कता अपनाउने बताए । उनले जिल्ला अस्पतालमा आउने बिरामीहरुले पनि सामाजिक दुरीलाई ध्यान दिन अनुरोध गरेका छन् ।

माथिको तश्वीर: सोमबार धादिङ जिल्ला अस्पातलमा लिईएको हो । अस्पताल परिसरमा सामाजिक दुरी कायम गर्न मार्क गरिएको छ तर कसैले त्यसको पालना गरेको छैन । कोहि लाइन व्यवस्थापन गर्न पनि आउदैनन् ।

माथिको तश्वीर: सोमबार धादिङ जिल्ला अस्पातलमा लिईएको हो । अस्पताल परिसरमा सामाजिक दुरी कसैले पालना गरेको छैन ।

माथिको तश्वीर: सोमबार धादिङ जिल्ला अस्पातलमा लिईएको हो । अस्पताल परिसरमा सामाजिक दुरी कसैले पालना गरेको छैन । भित्तामा स्पष्ट लेखिएको छ 'कम्तिमा ६ फिटको दुरीमा बसौं ।'

Share This Article
Leave a Comment

Leave a Reply