साउन १५, काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले देश र जनताको हितलाई सर्बोपरि राखेर अघि बढेको खण्डमा राजनीतिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १५, काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले देश र जनताको हितलाई सर्बोपरि राखेर अघि बढेको खण्डमा राजनीतिक"/>
२३ चैत्र २०८१, शनिबार
काठमाडौँ - KTM

अबको सरकारको काँधमा जिम्मेवारीको थुप्रो छ: पूर्वअध्यक्ष रेग्मी

१५ श्रावण २०७३, शनिबार ०६:३८

साउन १५, काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले देश र जनताको हितलाई सर्बोपरि राखेर अघि बढेको खण्डमा राजनीतिक दललाई सरकार फेर्ने कामको जिम्मेवारी घट्दै जाने विश्वास व्यक्त गरेका छन् । 

गाउँ सेवा परिवार, बिर्घा, स्याङ्जाको २०औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले भने–“त्यसका लागि हृदयमा इमान्दारी र मस्तिष्कमा समझदारी भएमा मात्र काँधको जिम्मेवारी पूरा गर्न सकिन्छ ।” 

परिवर्तित अवस्थामा राजनीतिलाई सही बाटोमा डो¥याउन संविधान कार्यान्वयनको सवालमा देश र जनतालाई केन्द्रबिन्दुमा राखेर सबै राजनीतिक दलले साझा धारणा बनाउन गम्भीरतापूर्वक जुट्नु जरुरी छ– पूर्वअध्यक्ष रेग्मीले भने । 

सरकारले दैनिक प्रशासनको कामभन्दा संविधानलाई बढीभन्दा बढी स्वीकार्य बनाउने काममा जुट्न आवश्यक छ भन्दै उनले सधैँको जोड घटाउको राजनीतिमा अल्झँदा सङ्क्रमण लम्बिन गएको र मुलुकमा परनिर्भरता बढ्दै गएकोतर्फ सचेत हुन आग्रह  गरे । 

उनले भने-“सबैभन्दा प्राथमिकता र बोझिलो जिम्मेवारी भनेको संविधान कार्यान्वयन नै हो, यो जिम्मेवारीको भारी नबिसाई अरु जिम्मेवारी लिन मिल्दैन, भावी पुस्ताले शिक्षा, रोजगारी र समृद्धि खोजेका छन्, अबको सरकारको काँधमा जिम्मेवारीको थुप्रो छ ।” 

उद्योगमन्त्री सोमप्रसाद पाण्डेले फरक राजनीतिक सिद्धान्त, आस्था र भूमिका रहे पनि आत्मनिर्भर, स्वाधीनता र मुलुकको सार्वभौमको रक्षाका लागि सबै राजनीतिक दलहरु एकढिक्का हुन आवश्यक रहेको वताए । 

उनले भने– “अथाह प्राकृतिक स्रोत साधनले भरिपूर्ण तथा विश्वमै मेहनती र इमान्दारीको पहिचान बोकेका नेपाली अब कदापि गरिब हुन सक्दैन, हाम्रा हिमाल र जलस्रोतको समुचित उपयोग गर्न आवश्यक छ ।” 

सांसद कमल पङ्गेनीले प्रजातन्त्रलाई सुसंस्कृत तुल्याउन तथा अनतामा अधिकार पु¥याउने सन्दर्भमा विगतमा भएका आन्दोलनमा कालीगण्डकी क्षेत्रका जनताले निकै ठूलो योगदान पु¥याएको धारणा व्यक्त गरे । 

पूर्व सांसद शङ्करप्रसाद पाण्डेयले आधा शताब्दीभन्दा बढी समय लोकतन्त्रका लागि खर्चनु परेको इतिहासको चर्चा गर्दै अब हाम्रो प्राथमिकता आर्थिक समृद्धि र अग्रगमन नै हुनुपर्छ भने । 

गाउँ सेवा परिवार बिर्घा स्याङ्जाका अध्यक्ष खड्गबहादुर राना, महासचिव डा धनबहादुर रानामगर, पूर्वसचिव एवम् संस्थाका अध्यक्ष शङ्करप्रसाद पाण्डेय, स्थानीय शिक्षासेवी खगराज पाण्डेय, नेपाली काँग्रेसकी नेत्री सरस्वती तिवारीलगायतले मुलुकको राजनीतिक तथा निजामती प्रशासन सेवामा बिर्घाको ठूलो योगदान रहेको बताए । 

सो अवसरमा संस्थाले प्रकाशन गरेको ‘कालीगण्डकी’ नामक स्मारिक पूर्वअध्यक्ष रेग्मीले लोकापर्ण गरे । राजेन्द्रप्रसाद पाण्डे सम्पादक रहनुभएको उक्त स्मारिकामा समग्र कालीगण्डकी क्षेत्रको महत्व, परिचयका साथै शिक्षा, लोकतन्त्र, आयुर्वेदिक उपचारलगायत लोकसेवाको तयारीका लागि उपयोगी हुने ज्ञानमञ्चसमेत समेटिएको छ । 

स्याङ्जाको बिर्घामा जन्मथलो भई राजधानीमा रहेर विभिन्न पेसा व्यवसाय गर्दै आएका समाजसेवी एवम् जुझारु युवाले स्थापना गरेको उक्त संस्थाले बिर्घा क्षेत्रमा शैक्षिक, सामाजिक, स्वास्थ्य क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा आज सागसब्जी र फलफूलको मूल्य कति छ ? सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माणमा लागेको छ: मन्त्री खड्का