साउन १५, काठमाडौँ । सात पटक मिति घोषणा गरेर स्थगित नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशन तोकिएको मितिमै सम्पन्न गराउन अध्यक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १५, काठमाडौँ । सात पटक मिति घोषणा गरेर स्थगित नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशन तोकिएको मितिमै सम्पन्न गराउन अध्यक"/>
2026-07-03 09:27 PM
काठमाडौँ - KTM

आठौँ पटकको घोषणालाई महाधिवेशनमा बदल्न नेविसङ्घका नेताको माग

साउन १५, काठमाडौँ । सात पटक मिति घोषणा गरेर स्थगित नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशन तोकिएको मितिमै सम्पन्न गराउन अध्यक्षका उम्मेदवारहरुले माग  गरेका छन् । 

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा सात जना अध्यक्षका उम्मेदवारले यही साउन २३ देखि २५ मै महाधिवेशन गरिनुपर्नेमा जोड दिए । 

विसं २०६४ असोजमा नेपाली काँग्रेस एक भएदेखि भ्रातृ संस्था नेविसङ्घको महाधिवेशन हुन सकेको छैन । दश वर्षदेखि महाधिवेशन नहुँदा करिब २५ जनाले नेतृत्वको दाबी गरेका छन् । अध्यक्ष दाबी गर्ने धेरै नेता ३५ वर्ष उमेर पार गरेका छन् । लामो समय महाधिवेशन नहुँदा धेरैको दाबी नेतृत्वमा भएको अध्यक्ष पदका उम्मेदवारहरुको भनाइ छ । 

अध्यक्ष पदका दावेदार नैनसिंह महरले कक्षा ९ देखि १२ सम्म माध्यमिक तह भएपछि माविबाट विद्यार्थी राजनीतिलाई अलग राख्ने प्रस्ताव आफूले महाधिवेशनमा राख्ने बताए । “माध्यमिक तहमा विद्यार्थी राजनीति गरिँदा शैक्षिक क्षेत्रमा विकृति फैलिएको छ, यसैले यो तहबाट विद्यार्थी राजनीति अन्त्य गरौँ भन्ने प्रस्ताव अन्य विद्यार्थी सङ्गठनसँग नेविसङ्घले राख्नुपर्छ, सबै विद्यार्थी सङ्गठन मिलेर नैतिकतामा आधारित मानवतावादी शिक्षाको मुद्दा उठाउनुपर्छ”–उनले भने । 

अध्यक्ष पदका अर्का उम्मेदवार नीलकण्ठ रिजालले हालसम्म नेविसङ्घका १७ अध्यक्षमध्ये ११ जना ‘टीकेशैली’बाट आएको जनाउँदै लोकतान्त्रिक सङ्गठनको महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने माग गरे । “नेविसङ्घका सबै तहमा दुई वर्षमा अधिवेशन नभए त्यो समिति स्वतः खारेज हुने व्यवस्था वैधानिक रुपमा गरिनुपर्छ”–उनले भने । 

नेता क्षितिज भण्डारीले महाधिवेशन आउन एक हप्ता मात्र बाँकी हुँदा पनि देशभरबाट आउने विद्यार्थीका लागि केन्द्रीय समितिले अहिलेसम्म खाने बस्ने व्यवस्था नगरेर महाधिवेशन नहुने सन्देश दिएको आरोप लगाए । 

अध्यक्षको दाबी गर्दै आउनुभएका सरोज थापाले ११ जिल्लाका समानान्तर जिल्ला समितिलाई मिलाएर महाधिवेशनमा जानुपर्ने बताए । कार्यक्रममा दीपक भट्टराई, आनन्द त्रिपाठी र रामप्रसाद अधिकारीले यस पटक महाधिवेशन सफल बनाएर सकारात्मक सन्देश प्रवाह गरिनुपर्ने बताए । 

यसैबीच केही दिनदेखि विधिवत् महाधिवेशनको माग गर्दै आएको कुन्दनराज काफ्ले समूहले आजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन सुरु गरेको छ । 

अधिवेशन भएका भनी घोषणा गरिएका ६४ जिल्लामध्ये १३ मा विधिवत् अधिवेशन नगरिएको, ११ जिल्ला र काठमाडौँ उपत्यकाका क्याम्पसमा अधिवेशन नै नगरी महाधिवेशन गर्न लागिएकाले विधि पु¥याएर महाधिवेशनको माग गर्दै बाग्लुङका गणेश सापकोटा र रामेछापका रत्नहरि ढुङ्गेल आमरण अनशनमा बसेका नेता बलदेव तिमल्सिनाले राससलाई जानकारी दिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो