नवनियुक्त महान्यायाधिवक्ताद्वारा शपथ ग्रहण

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

<p><b>चैत ८, काठमाडौँ&nbsp; । </b>राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नवनियुक्त महान्यायाधिवक्ता रमेश बडाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश जबराले महान्यायाधिवक्ता बडाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।<br></p><p>समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा सरकारी उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।&nbsp; प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले यही चैत ६ गते बडाललाई नियुक्त गर्नुभएको थियो । तत्कालीन महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिएपछि महान्यायाधिवक्तामा बडाललाई नियुक्त गरिएको हो ।</p><p> सरकारको प्रमुख कानूनी सल्लाहकारका रुपमा महान्यायाधिवक्ताले काम गर्नुपर्ने हुन्छ ।</p>

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply