<p>वैशाख २, काठमाडौँ | राजधानीमा बिहीबार राति चलेको भयानक हुरी बतासका कारण हवाइ उडान प्रभावित भएको छ । हावाहुरीका कारण आहा राति ९ बजेदेखि १० बजेको बीचमा त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा जहाज अवतरणका साथै उड्न सकेनन् भने जहाज लामो समय होल्ड हुँदा डाइभर्ट समेत भएका छन् ।<br></p><p>नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार मलेसियाबाट आएको हिमालयन एयरलाइन्सको विमान आकाशमै लामो समय होल्ड हुन पुग्यो भने अन्तिम समयमा भारतको वाराणसी डाइभर्ट गरियो । </p><p>करिब १० बजेदेखि भने हुरी रोकिएकाले विमानस्थल पुनः सहज अवस्थामा सञ्चालनमा आउन समस्या नहुने बताइएको छ । </p>
भयानक हुरी: हिमालय एयरलाइन्सको विमान डाइभर्ट
Leave a Comment

