पुस ९, काठमाडौँ | नेकपा माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच आज (शुक्रबार) एकता हुँदै छ। आज दिउँसो १२ बजे काठमाडौंको त्रिपुरेश्वरमा पार्टी एकता घोषणा सभा गरी दुई दलबीच एकता गरिने भएको हो ।

मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालबाट फुटेर बनेको नेकपा मसला ९सम्पर्क केन्द्र० ले माओवादी केन्द्रसँग पार्टी एकता गर्न लागेको हो।

राजनीतिक एजेन्डाप्रतिको दृष्टिकोण तथा नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभारबारे मतभेद भएपछि मसालबाट अलग्गिएको समूहले नेकपा मसाल (सम्पर्क केन्द्र) गठन गरेको हो। सम्पर्क केन्द्र(ख) ले ३९ जिल्लामा आफ्नो संगठन विस्तार गरिसकेको बताइएको छ।

यसैबीच नेकपा मसालका महामन्त्री सिंहले भने बिहीबार विज्ञप्ति जारी गरी उनीहरूलाई मूल पार्टीमै फर्किन आग्रह गरेका छन्।

नेकपा माओवादी केन्द्र र नेकपा मसाल सम्पर्क केन्द्रबीच एकता हुँदै
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment