पुस १९,काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले समान विचार भएका राजनीतिक दल, मोर्चा, समूहलाई एकीकरणका लागि आग्रह गरेको छ ।

पार्टीले सच्चा कम्युनिष्टको एकताबाट मुलुकमा बलियो वैकल्पिक शक्ति निर्मा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १९,काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले समान विचार भएका राजनीतिक दल, मोर्चा, समूहलाई एकीकरणका लागि आग्रह गरेको छ ।

पार्टीले सच्चा कम्युनिष्टको एकताबाट मुलुकमा बलियो वैकल्पिक शक्ति निर्मा"/>

२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकताका लागि आग्रह

२०७८, १९ पुष सोमबार ०९:३७

पुस १९,काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले समान विचार भएका राजनीतिक दल, मोर्चा, समूहलाई एकीकरणका लागि आग्रह गरेको छ ।

पार्टीले सच्चा कम्युनिष्टको एकताबाट मुलुकमा बलियो वैकल्पिक शक्ति निर्माण गर्न एकताका लागि प्रस्ताव गरेको हो । पार्टीले हालै नेकपा (जनवादी) र राष्ट्रिय जागरण परिषद्लाई एकताबद्ध गरेको छ । देवसिंह महताको नेतृत्वमा रहेको जनवादीका ४५ जिल्ला कमिटी र सोही सङ्ख्यामा जनसङ्गठनका ११ हजारभन्दा बढी नेता तथा कार्यकर्ता छन् । त्यस्तै साध्यबहादुर भण्डारीको नेतृत्वमा रहेको परिषद्का सबै सदस्य नेकपा (एस)मा समाहित हुनुभएको हो ।

पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नेकपा (एस) ले अवलम्बन गरेका आदर्श तथा कार्ययोजनाका आधारमा गठन भएको छोटो अवधिमै विभिन्न पार्टी परित्याग गरी आफ्नो पार्टीमा सङ्गठित हुने लहर चलेको जानकारी दिनुभयो ।

नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य तथा सुनसरीका नेता धर्मराज निरौलाको नेतृत्वमा ३०० र पाल्पाका नेता यादवबहादुर रायमाझीको नेतृत्वमा ६७ नेता तथा कार्यकर्ता उक्त पार्टीमा प्रवेश गर्नुभएको छ । उहाँ दुवै जना पूर्वसांसद हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन