पुस १९,रत्ननगर । चितवनको भरतपुरमा यही पुस २० देखि ‘जिल्लास्तरीय ए डिभिजन लिग फुटबल’ प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घको वार्षिक कार्यक्रमअनुसार जिल्ला फुटबल सङ्घको आयोजनामा हुने प्रतियोगितामा जिल्लाका १३ वटा टो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १९,रत्ननगर । चितवनको भरतपुरमा यही पुस २० देखि ‘जिल्लास्तरीय ए डिभिजन लिग फुटबल’ प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घको वार्षिक कार्यक्रमअनुसार जिल्ला फुटबल सङ्घको आयोजनामा हुने प्रतियोगितामा जिल्लाका १३ वटा टो"/>
2026-09-22 10:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

जिल्लास्तरीय ए डिभिजन लिग फुटबल आयोजना हुँदै

पुस १९,रत्ननगर । चितवनको भरतपुरमा यही पुस २० देखि ‘जिल्लास्तरीय ए डिभिजन लिग फुटबल’ प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घको वार्षिक कार्यक्रमअनुसार जिल्ला फुटबल सङ्घको आयोजनामा हुने प्रतियोगितामा जिल्लाका १३ वटा टोलीको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

जिल्लामा फुटबलको गतिविधि न्यून हुँदै गइरहेको अवस्थामा यो प्रतियोगिता आयोजना गरिएको सङ्घका महासचिव रामहरि ढकालले बताउनुभयो । भरतपुर–७ को कृष्णपुर खेल मैदानमा हुने प्रतियोगितामा सहभागी टोलीलाई   दुई समूहमा विभाजन गरी राउण्ड रोबिन लिग प्रणालीअनुसार खेल खेलाइने छ  । प्रतियोगिता अवधिभर लिग चरणका ३६ सहित सेमिफाइनल र फाइलन गरी जम्मा ३९ वटा खेल खेलाइने भएको छ । 

प्रतियोगितामा पहिलो हुन टोलीले रु एक लाख, दोस्रो हुनेले रु ५० हजार र तेस्रो तथा चौथो हुनेले रु २५÷२५ हजार  सहित ट्रफी पदक र प्रमाणपत्र पाउने सङ्घका अध्यक्ष श्रीकृष्ण कार्कीले बताउनुभयो । 

हरेक खेलका उत्कृष्ट खेलाडीलाई ‘मोस्ट भ्यालुएबल प्लेयर अफ द म्याच’ घोषणा गर्दै रु एक हजार, प्रतियोगिता अवधिभरको सर्वाधिक गोलकर्ता खेलाडीलाई रु पाँच हजारसहित गोल्डेन बुट, सर्वोत्कृष्ट गोल रक्षकलाई रु पाँच हजारसहित गोल्डेन ग्लोब्स तथा सर्वोत्कृष्ट खेलाडीलाई रु पाँच हजारसहित गोल्डेन बल प्रदान गरिने उहाँको भनाइ थियो । 

प्रतियोगिता सम्पन्न गर्न रु सात लाख खर्च हुने अनुमान गरिएको र प्रतियोगिताको अन्तिम चरणको खेल माघ ८ गते हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो