१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थप छलफलको अर्थ छैन, गठबन्धन बालुवाटारमै बिसाएँ – प्रचण्ड

१० पुष २०७९, आईतवार ०८:१८

पुस १०, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा छलफलको अर्थ नभएको प्रष्ट पारेका छन्। आइतबार बिहान बालुवाटारमा भएको छलफलमा उनले गठबन्धनको यात्रा टुंगिएको बताएका हुन्।

आइतबार बिहान बालुवाटारमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालबीच भएको छलफलमा सहमति जुट्न सकेको थिएन। छलफल निष्कर्षमा नपुगेपछि उनले ‘थप छलफलको कुनै अर्थ छैन, गठबन्धन अब बालुवाटारमै बिसाउँछु’ भनेर निस्किएको एक नेताले बताए।


गठबन्धन कायम राख्नुपर्नेमा शीर्ष नेताहरुको मतैक्य भए पनि गठबन्धनबाट पहिला को प्रधानमन्त्री बन्ने भन्नेमा सहमति जुट्न सकेको छैन। देउवा र प्रचण्ड दुवै आफूले पहिले सरकारको नेतृत्व गर्न चाहन्छन्। कांग्रेसले राष्ट्रपति पनि आफैंले पाउनुपर्ने बताएको छ।

यसैबीच कांग्रेस नेता रामचन्द्र पौडेलले गठबन्धन 'ब्रेक' भएको बताएका छन्। उनले प्रचण्डले गठबन्धन नरहेको जानकारी गराउँदै बाहिरिएको पनि बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह