२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमाले प्रचण्डलाई पाँचैवर्ष प्रधानमन्त्री र माधवलाई पार्टी अध्यक्ष बनाउन तयार थियो : गगन थापा

२०७९, १९ फाल्गुन शुक्रबार ०९:५६

फागुन १९, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेसँग मिल्ने कुरा अहिलेसम्म कुनै प्रसंगमा पनि प्रवेश नगराएको बताएका छन् ।

रामचन्द्र पौडेललाई राष्ट्रपति जिताउन वागमतीका गठबन्धनका सांसदहरूलाई ८ दलको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पाँचवर्ष अहिले भएको सहमति कार्यान्वयन हुने बताए ।

राष्ट्रपतिको चुनावपछि कांग्रेस नेतृत्वको सरकार बन्ने चर्चा चलिरहेको बेलामा उनले एमालेलाई लक्षित गर्दै भने, ‘यो पाँचवर्ष सहमति कार्यान्वयनका सबैभन्दा ठुलो दलको हैसियतले कांग्रेस लाग्छ । यो राजनीतिक इमानदारिताको कुरा पनि हुन्छ । त्यसैले कांग्रेससँग कोही चकचक गर्न नआए हुन्छ । चल्न नआए हुन्छ । पाँचवर्ष सहमति अनुसार कहि कतै अल्मलाउन नआए हुन्छ ।’

उनले चुनावपछि पाँच दलीय गठबन्धन टुट्नुमा ठूलो दल भएको हैसियतले सबैभन्दा धेरै जिम्मेवारी कांग्रेसले लिनुपर्ने बताए ।

उनले भने, ‘अहिले हामी त्यो गल्ती सच्चाएर एकैठाउँमा उभिएका छौं । त्यसैले गर्दा अहिले हाम्रो नेता कार्यकर्ता सबै खुसी हुनुहुन्छ । अहिले जे भइरहेको छ त्यसमा सन्तोष मानेर यो गठबन्धनलाई बचाउनुपर्छ ।’

उनले प्रचण्डलाई प्रधानमन्त्री बन्ने कुरा ठुलो नभएकै कारणले अहिले एकैठाउँमा उभिन सकेको बताए ।

उनले भने, ‘माओवादीले उपराष्ट्रपति पनि पाउँथ्यो । उस्तै परेको भए एमालेकै समर्थनमा पाँचैबर्ष प्रधानमन्त्री पनि हुन्थ्यो । ल्याप्चे, तमसुक केके गर्दिन पर्नेहो उठेर बसेर सबै गर्दिन्थ्यो। प्रधानमन्त्री हुने कुरा तलमाथि भए होस् तर जुन उद्देश्यका साथ गठबन्धन बनाएको त्यो पुरा गर्छु भनेर प्रधानमन्त्रीजीले नआँटेको भए यो अवस्था आउने थिएन ।’

उनले एमालेले गठबन्धन जोगाउन माधव नेपाललाई राष्ट्रपति मात्रै नभएर पार्टी अध्यक्ष नै दिने अवस्थामा पुगेको जिकिर गरे ।

उनले भने, ‘माधव नेपाललाई एमालेले यतिखेर मिलाएर राष्ट्रपति बनाउने कुरा मात्रै होइन। अन्तिम अन्तिममा मेरो अनुमान एमालेको अध्यक्ष नै बनाइदिनुपर्छ भनेको भए पनि ल हुन्छ भन्ने अवस्था बन्थ्यो होला। माधव नेपाल ती सबै कुरा छाडेर आउन तयार नभएको भए यो अवस्था बन्दैथ्यो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै