फागुन २४, काठमाडौँ | काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र शाह एमाले नेता महेश बस्नेत भेट्न भक्तपुरको गुण्डु पुगेका छन् । मेयर शाह बुधबार बिहान भक्तपुर पुगेर बस्नेतसँग भेटघाट गर्नुका साथै त्यहाँको विकास निर्माणको अवलोकन गरेका छन् ।

त्यसक्रमा मेयर शाह र नेता बस्नेतबीच विगतको असमझदारी सकिएको भन्दै आगामी दिनमा सहकार्य गरेर अघि बढ्नेबारे कुराकानी भएको नेता बस्नेतले जानकारी दिए । विगतमा नेता बस्नेत र शाहबीचको सम्बन्ध राम्रो थिएन ।

March 8, 2023
राजनीति
एमाले नेता बस्नेत भेट्न भक्तपुर पुगे मेयर बालेन
By साझासवाल
2 मिनेट पढाइ