Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
  • अर्थ/विकास
  • राजनीति
  • समाज
  • विश्व
  • खेलकुद
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
  • अर्थ/विकास
  • विश्व
  • सूचना प्रबिधि
Search
  • Pages
    • Search Page
    • 404 Page
  • Pages
    • Search Page
    • 404 Page
  • Pages
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Have an existing account? Sign In
Follow US
Sajha Sabal | sajhasabal.com > प्रदेश समाचार > मधेश प्रदेश > सर्लाही - SLH > सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो
अर्थ/विकासमौसम अपडेटसर्लाही - SLH

सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो

साझासवाल
Last updated: April 27, 2025 12:33 pm
By
साझासवाल
Share
2 Min Read
SHARE

काठमाडौँ | जिल्ला भन्सार कार्यालयले चालु आर्थिक वर्षको चैतसम्म ४१ करोड बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१÷८२ को चैतसम्म कुल रु ४१ करोड ७४ लाख ३३ हजार ४३३ राजस्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृत ठाकुर आचार्यले जानकारी दिनुभयो । यस आवको नौ महिनामा चार महिनामात्र भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व सङ्कलन गरेको छ । पाँच महिना लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो ।

भन्सारबाट हाल सङ्कलन भएको राजस्व लक्ष्यको ९५.०४ प्रतिशतमात्र हो । आवको सुरु महिना साउनमा लक्ष्यको १११.०८ प्रतिशत अर्थात् रु चार करोड ९४ लाख ४१ हजार ५५५ सङ्कलन भएको थियो । दोस्रो महिना भदौमा लक्ष्यको अत्यधिक कम ४३.७१ प्रतिशत अर्थात् रु दुई करोड १३ लाख ७५ हजार ६३८ मात्र राजस्व सङ्कलन भएको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै असोजमा लक्ष्यको ६७.२२ प्रतिशत अर्थात् रु दुई करोड ८० लाख ५३ हजार ८४५ राजस्व सङ्कलन भएको छभने कात्तिकमा ९०.९३ प्रतिशत रु चार करोड १८ लाख १७ हजार ६३१, मङ्सिरमा १२४.३१ प्रतिशत रु छ करोड ७२ लाख ४९ हजार २९४, पुसमा अहिलेसम्मकै धेरै १२७.३७ प्रतिशत अर्थात् रु छ करोड ७९ लाख नौ हजार ६०१ सङ्कलन भएको कार्यालयले जनाएको छ ।

कार्यालयको तथ्याङ्कानुसार माघमा लक्ष्यको ११७.७५ प्रतिशत अर्थात् रु पाँच करोड ९३ लाख ४६ हजार ८२८, फागुनमा ९२.५८ प्रतिशत अर्थात् रु चार करोड ९३ लाख २९ हजार र चैतमा लक्ष्यको ७१.७८ प्रतिशत अर्थात् रु तीन करोड ६५ लाख ७१ हजार ५१० राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत डम्बरबहादुर बस्नेतले जानकारी दिनुभयो । यस वर्ष तरकारी आयात गत वर्षको भन्दा कम भएकाले राजस्व सङ्कलन लक्ष्यअनुसार हुन नसकेको उहाँले बताउनुभयो ।

यस भन्सार कार्यालयबाट प्लाइ निर्यात हुने गरेको छभने प्लाइ उद्योगका लागि आवश्यक सामग्री, थोरै मात्रामा धान, तरकारीलगायत सामान आयात हुँदै आएको छ ।

More Read

सुनचाँदीको मूल्य बढ्यो
सेयर बजारमा दोहोरो अंकको गिरावट
नेप्से परिसूचक ३० अंकले घट्यो
सुनचाँदीको मूल्य घट्यो
Share This Article
Email Copy Link Print
Previous Article महाकाली चार लेन पुलसँगै बनेको सडक ‘भाइरल रोड’ले परिचित
Next Article ससुराको हत्या गरी फरार रहेका एकजना २० वर्षपछि पक्राउ
© Sajha Sabal Media - 2026. All Rights Reserved.