आजको लागि विदेशी मुद्राको विनिमयदर यसप्रकार छ

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

पुस ५, काठमाडौं । बिहीबार डलरको भाउ सामान्य घटेको छ । यसले अरु विदेशी मुद्राको भाउमा समेत प्रभाव पारेको छ । कोरियन वन बाहेक अरु सबै विदेशी मुद्राको भाउ केही पैसाले घटेको छ ।

बिहीबार अमेरिकी डलर १ को खरिददर ११२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११२ रुपैयाँ ९५ पैसा छ । बुधबार डलरको खरिददर ११२ रुपैयाँ ४१ पैसा र बिक्रीदर ११३ रुपैया ०१ पैसा थियो । यही अनुपातमा अरु विदेशी मुद्राको भाउ पनि थोरै पैसाले घटेको हो ।

नेपाल राष्ट्र बैंकले बिहीबारको लागि साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ९५ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ११ पैसा तोकेको छ । कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ८५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०१ पैसा तोकिएको छ ।

युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ५९ पैसा र बिक्रीदर ३० रुपैयाँ ७५ पैसा, मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ८८ पैसा र बिक्रीदर २७ रुपैयाँ ०३ पैसा, कुवेती दिनार १ को खरिददर ३६९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ४८ पैसा तथा बहराईन दिनार १ को खरिददर २९८ रुपैयाँ ०१ पैसा र बिक्रीदर २९९ रुपैयाँ ६० पैसा तोकिएको छ ।

यी सबै विदेशी मुद्राको भाउ बुधबारको तुलनामा केही पैसाले घटेको हो । तर कोरियन वनको भाउ भने थोरैले मात्र बढेको छ । बिहीबार कोरियन वन एकसयको खरिददर ९ रुपैयाँ ९७ पैसा र बिक्रीदर १० रुपैयाँ ०२ पैसा तोकिएको छ ।

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply