<p><b>असोज १, काठमाडौं ।</b> नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा रु ९०० घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार (आज) तोलामा ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । <br></p><p>यस्तै तेजावी सुन तोलामा ९६ हजार १०० रुपैयाँमा कारोबार भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य घटेर बिहीबार तोलामा १३२० रुपैयाँ तोकिएको छ । </p>
सुनचाँदीको मूल्य घट्यो
Leave a Comment

