2026-06-18 06:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रिलायन्स लाइफ इन्स्योरेन्सको यस्तो बिमा योजना सार्वजनिक

2020-11-04

कार्तिक १९, काठमाडौं | रिलायन्स लाइफ इन्स्योरेन्सले ‘लिमिटेड इन्ड्युमेन्ट’ बिमा योजना सार्वजनिक गरेको छ । सो योजनाअन्तर्गत बिमितले सीमित वर्षका लागि बिमा शुल्क भुक्तानी गरी बिमा लेख अवधिभर सुरक्षा पाउन सक्नेछन् । 

योजनाको अर्को विशेषता भनेको कथं बिमा अवधिमा बिमितको मृत्यु भए इच्छाइएको व्यक्तिलाई बिमा जारी र बिमा दाबीको समयावधि हेरी बिमांक रकमको अधिकतम २२५ प्रतिशतसम्म र आर्जित बोनस भुक्तानी गर्ने रहेको कम्पनीले जनाएको छ । यो योजनामा बिमाअवधि समाप्तिपश्‍चात बिमांक रकम र आर्जित बोनस भुक्तानी गरिने कम्पनीले जनाएको छ ।

यो योजना १६ देखि ६५ वर्ष उमेरकाले लिन सक्नेछन् । यो योजनाअन्तर्गत न्यूनतम बिमांक रकम ५० हजार कायम गरिएको छ भने अधिकतम बिमांक रकम कम्पनीको नियमबमोजिम हुने जनाइएको छ । यस योजनामा बिमा अवधि न्यूनतम १० वर्ष र अधिकतम २५ वर्ष छ । यो योजनाको बिमा शुल्क भुक्तानी अवधि ८, १२, १६ र २० वर्ष छ । 

यो योजनासँगै बिमितले थप न्यूनतम शुल्क भुक्तानीमा दुर्घटना मृत्यु सुविधा, स्थायी अशक्तता र बिमा शुल्क मिनाहाजस्ता अतिरिक्त सुविधा पनि लिन सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी