मङ्सिर १०, काठमाडौं । मादक पदार्थ सेवन गरेका मोटरसाइकल चालकको ठक्करबाट डिउटीमा खटिएका एक जना ट्राफिक प्रहरीको खुट्टा भाँचिएको छ ।

चालकले मादक पदार्थ सेवन (मापसे) गरे नगरेको जाँच गर्न सडकमा ड्युटीमा बसेका ट्राफिक प्रहरी हबल्दार सञ्जयकुमार झाको खुट्टा भाँचिएको हो । उनकने बायाँ खुट्टाको घुँडामुनि दुई ठाउँमा भाँच्चिएको छ ।

ट्राफिक प्रहरी वृत्त गौशालामा काम गर्दै आएका झाको जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालमा उपचार भइरहेको छ ।

उनलाई बा७२प ६७१ नम्बरको मोटरसाइकलका चालक दीपेन्द्र गिरीले ठक्कर दिएका हुन् । त्यसबेला जयबागेश्वरीस्थित सडकमा उनीसहित अन्य टाफिक प्रहरी नियमित जाँचमा बसेका थिए । मापसे गरेका गिरी भाग्न खोज्दा सो घटना भएको हो । उनीसँगै अरु दुई जना पनि सो मोटरसाइकलमा सवार थिए ।

ठक्कर दिने मोटरसाइकल चालक गिरीलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ । उनलाई अंगभंग मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । -राजधानी दैनिक

मापसे गरेका चालक भाग्दा ट्राफिक प्रहरीको खुट्टा भाँचियो
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment