मरेका कुखुरामा प्राणघातक सोडियम नाइट्रेट हालेर बिक्री

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

जेठ २९, काठमाडौं । काठमाडौं उपत्यकामा प्राणघातक विषादी मिसाइएको मासु र मासुबाट बनाइएका परिकार बिक्री वितरण भइरहेको पाइएको छ ।

नांगो हातले समेत छुन नमिल्ने सोडियम नाइट्रेट नामक विषादी मासुमा मिसाइएको भेटिएको हो । आपूर्ति मन्त्रालयमातहतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको विशेष अनुगमनका क्रममा यो तथ्य बाहिर आएको हो। मासु र मासुजन्य परिकारमा यस्तो प्राणघातक विषादी मिसाइएको तथ्य बाहिर आएपछि चिकित्सकहरुले उपभोक्ताको स्वास्थ्यमा पर्ने अवस्थाप्रति गम्भीर चिन्ता र चासो व्यक्त गरेका छन्।

अनुगमन टोलीमा रहेका चिकित्सक डा. आभास पौडेलका अनुसार, मासुमा सोडियम नाइट्रेट मिसाउनु भनेको उपभोक्ताको स्वास्थ्यमाथिको हदैसम्मको लापर्बाही हो। यसलाई कुनै पनि हालतमा सामान्य मान्न सकिन्न।

अनुगमनका क्रममा बाँनियाटारको सगरमाथा मिट प्रोडक्सनले सोडियम नाइट्रेट नामक विषादी मिसाएको पाइएको हो। त्यहाँ भेटिएको सो रसायनको बट्टामा नै भयंकर प्राणघातक भनेर लेखिएको छ। त्यसमा नाङ्गो हातले छुनु पनि भयंकर घातक भनेर उल्लेख गरिएको छ।

‘यी हेर्नुहोस्, रसायनको बट्टामा नै खतराको संकेत दिइएको छ। नांगो हातले समेत छुन नमिल्ने लेखिएको छ। यस्तो रसायन मासुमा मिसाइएको छ, यो उपभोक्ताको स्वास्थ्यमाथि हदैसम्मको लापर्बाही हो,’ डा. पौडेलले विषादीको बोतल देखाउँदै भने।

सो मिट प्रोडक्टले ससेजमा प्राणघातक सोडियम नाइट्रेट मिसाउने गरेको पाइएको छ। सोडियम नाइट्रेटले ससेजलाई लामो समयसम्म दुरुस्त राख्न सघाउने भएकाले पाँच किलो ससेजमा सय ग्राम मिसाउने गरेको व्यवसायीले स्वीकार गरेका छन्।

अनुगमन टोलीका अनुसार सगरमाथा मिट प्रोडक्सनले ससेज बनाउँदा कुहिएको मासु प्रयोग गर्ने गरेको, लेबल नै नभएका मसला प्रयोग गरिएको, खाद्य अनुज्ञा पत्र नलिएको, सोयाविन मस्यौरा प्रयोग गरी ससेज बनाएको र उत्पादन स्थल अत्यन्त फोहोर रहेको भेटिएको थियो।

यस्तो कैफियत भेटिएपछि सो मिट प्रोडक्सनमा सिलबन्दी गरिएको छ। त्यहाँबाट सोडियम नाइट्रेट नामक रसायनको एक बट्टा, गन्हाएको (कुहिएको) मासु २ सय ग्राम र ४ सय ८० ग्रामका एक एक प्याकेट बफ ससेज र चिकेन ससेज नमुना परीक्षणका लागि ल्याइएको छ।

विभागले आइतबार नै गोगंबुको केसी चिकेन स्टोर, मनकामना मार्केटिङ स्टोरमा पनि अनुगमन गरेको थियो। केसी चिकेन स्टोरले खाद्य अनुज्ञापत्र नलिई करोबार गरिरहेको र मरिसकेको कुखुराको मासु बिक्री गर्ने गरेको पाइएको छ। सो स्टोरबाट मरिसकेका कुखुराको ११ किलो मासु नष्ट गरिएको छ। अनुगमन टोलीले केसी चिकेन स्टोरमा पनि सिलबन्दी गरेको छ।

मनकामना मार्केटिङ स्टोर अत्यन्त फाहोर रहेको, त्यहाँबाट खान अयोग्य ५ किलो मासु नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ। राष्ट्रि उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले मरिसकेको कुखुराको मासु विक्री वितरण गर्नु आम उपभोक्ताको जीवनमाथि सोझै खेलवाड भएको बताए। -नयाँ पत्रिका दैनिक

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply