साउन २, काठमाडौं । कांग्रेस–माओवादीबीच गठबन्धन निमार्ण गर्नुअगावै भावी सरकारको नेतृत्व र स्वरुपलगायतका विषयमा भित्री सहमति भईसकेको छ ।

कति मन्त्रालय कसले राख्ने भन्ने सहमति जुटेर कुन मन्त्रालय कसले राख्ने भन्नेमा अहिले छलफल चलिरहेको छ । त्यसको टुंगो लगाउने जिम्मा पाएका दुबै पार्टीका दास्रो तहका नेताहरु अहिले छलफलमा छन् । स्रोतका अनुसार कांग्रेसले १३ र माओवादीले नौ मन्त्रालय राख्ने सहमति भएको छ । बाँकी मन्त्रालय गठबन्धनमा आउने अन्य दललाई दिने सहमति भएको छ ।

मधेसी, थारुलगायतका आन्दोलनकारीको मागलाई अधिकतम सम्बोधन गरी संविधान कार्यन्वयन कार्यमा लाग्ने सहमति कांग्रेस–माओवादीको छ । तर, त्यसका लागि सहमतिका आधारमा सीमांकनलगायतका विषयमा सम्बोधन गर्न संविधानमा आवश्यक संशोधन गर्न राजनैतिक सहमतिको वातावरण बनाउने सहमति छ । -नयाँ पत्रिका दैनिक

कांग्रेस-माओवादीबीच भएको भित्री सहमति यस्तो छ !
Leave a Comment