साउन ३, न्युयोर्क | ‘वैशाख १२’ महाभूकम्पको केही घण्टा नबित्दै फ्लोरिडाको टेम्पा सहरकी प्रतिज्ञा तामाङले अर्थ संकलनका लागि ‘गोफन्ड मी’ नामक अनलाइन प्लेटफार्ममा खाता खोलिन्। अभियानको नाम राखियो, ‘भूकम्प पीडितहरूका लागि घर’। सहयोग याचनामा वसन्तपुर दरबार क्षेत्रमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३, न्युयोर्क | ‘वैशाख १२’ महाभूकम्पको केही घण्टा नबित्दै फ्लोरिडाको टेम्पा सहरकी प्रतिज्ञा तामाङले अर्थ संकलनका लागि ‘गोफन्ड मी’ नामक अनलाइन प्लेटफार्ममा खाता खोलिन्। अभियानको नाम राखियो, ‘भूकम्प पीडितहरूका लागि घर’। सहयोग याचनामा वसन्तपुर दरबार क्षेत्रमा "/>
2026-06-19 08:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

करोडौंको राहत रकम खोइ ?

साउन ३, न्युयोर्क | ‘वैशाख १२’ महाभूकम्पको केही घण्टा नबित्दै फ्लोरिडाको टेम्पा सहरकी प्रतिज्ञा तामाङले अर्थ संकलनका लागि ‘गोफन्ड मी’ नामक अनलाइन प्लेटफार्ममा खाता खोलिन्। अभियानको नाम राखियो, ‘भूकम्प पीडितहरूका लागि घर’। सहयोग याचनामा वसन्तपुर दरबार क्षेत्रमा भत्किएका घरहरूका तस्बिर पोस्ट गरियो। तामाङको त्यो सुरुवाती अभियानले धेरैको सहानुभूति पायो। तामाङले सात महिनाकै अवधिमा १ करोड २० लाख रुपैयाँभन्दा बढी रकम एक्लैले संकलन गरिन् र लक्ष्य पूरा भएको घोषणासहित अर्थ संकलन बन्द गरिन्। 

तर, के गरिन् त उनले त्यो रकम ? कहाँ गयो सहयोग ? सोही पेजमा उनले लेखेकी छन्, ‘मेरो अभिभावकबाट रसुवाको भूकम्पपीडित क्षेत्रमा राहत बाँडिएको छ।’ चन्दा दाताहरूलाई चिन्ता नगर्न अनुरोध गर्दै उनले हालैमात्र ४७ परिवारलाई प्रतिपरिवार दुई सय डलरको हिसाबले रकम बाँडिएको बताएकी छन्। रसुवाको कुन क्षेत्रमा राहत बाँडिएको भन्ने विस्तृत उल्लेख छैन। तामाङसँग सम्पर्क गर्ने प्रयास गरे पनि सम्पर्क भएन ।

पेन्सिलभेनियाकी मेरी इलेन फान्सेस्कानी अर्की पात्र हुन् जसले नेपालका भूकम्पपीडितका नाममा झन्डै ४२ लाख रुपैयाँ संकलन गरेकी छन्। लक्ष्य त उनको १ करोड रुपैयाँ संकलन गर्ने हो। त्यहाँ उल्लेख भएअनुसार ‘स्काई चेजर च्यारिटिबेल फाउन्डेसन’ का तर्फबाट रकम रसुवाको लामटाङ क्षेत्रमा खर्च गरिएको र अझै धेरै खर्चिने खाका छ।

नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा कार्यरत चिकित्सक अन्जली श्रीवास्तवाले फिलाडेल्फियाबाट नेपालका लागि औषधि शीर्षकमा रकम उठाएकी छन्। न्युयोर्कमा कानुन व्यवसाय गरिरहेका नेपाली मूलका केशव सेढार्इं पनि करिब ५९ लाख रुपैयाँँ राहत संकलक हुन्। गत वर्ष नै पीडितलाई टेन्ट र स्कुलका सामान वितरण गरिएको र नेपालमा रहेका आफ्ना भाइले अभियान सञ्चालन गरिरहेको सेढाईंको दाबी छ। न्युयोर्कका ग्याल्जेन नोर्बु शेर्पाले ४० लाख, न्यु हयाम्सायरको हडसनमा बस्ने तेजस्वीसिंह राणाले झन्डै ३० लाख रुपैयाँ भूकम्पपीडितका नाममा संकलन गरेका छन्।

अमेरिकामा यसरी रकम संकलन गर्नेको सूची १ हजार ८ सयको हाराहारी छ। झन्डै ९० हजार दाता छन्। क्यालिफोर्नियास्थित ‘गो फन्ड मी’ मा यी व्यक्तिहरूले पीडितका नाममा करिब ८० करोड रुपैयाँ संकलन गरेका छन्। – कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी