Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

फेरि सरकारको समर्थन फिर्ता लिए के हुन्छ ?

२०७९, ८ चैत्र बुधबार ०५:३६

चैत ८, काठमाडौं | दुई महिनाको अन्तरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट २ पटक विश्वासको मत लिए । संविधानमा उल्लेख भएअनुसार, सरकारलाई समर्थन गर्ने कुनै पनि दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने हुन्छ ।

त्यसैले १० भन्दा बढी दलको समर्थन रहेको अवस्थामा दलगत असन्तुष्टीका कारण प्रधानमन्त्रीले पटक पटक विश्वासको मत लिनुपर्ने खतरा देखिएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २ महिनामा दुई पटक संसदबाट विश्वासको मत लिइसकेका छन् । पुस २६ गते पहिलो पटक विश्वासको मत लिँदा प्रचण्डले २ सय ६८ सांसदको मत प्राप्त गरेका थिए । त्यतिबेला २ मत मात्रै प्रस्तावको विपक्षमा परेको थियो । राष्ट्रपति निर्वाचनमा समीकरण बदलिएसँगै एमाले र राप्रपाले सरकारको समर्थन फिर्ता लिएको थियो । एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि सरकारसँग संसदमा १ सय ७६ सांसदको विश्वास थियो ।

संविधानको धारा १०० मा सरकारमा सहभागी भएको दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने ब्यवस्था छ । संविधानमा स्पष्ट रूपमा विश्वासको मत लिनुपर्छ भनेर लेखिएका कारण प्रधानमन्त्रीले विश्वासको मत लिनैपर्ने धारणा राख्छन्, बरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी ।

हाल कांग्रेसका ८७, माओवादी ३२, रास्वपा १९, जसपा १०, एकीकृत समाजवादी १०, जनमत ६, नागरिक उन्मुक्ति पार्टी ४, स्वतन्त्र प्रभु साह र अमेरशकुमार सिंह गरि १ सय ७२ सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका छन् । जसमध्ये कुनैपनि दल वा स्वतन्त्र सांसदले सरकालाई दिएको समर्थन फिर्ता लिए संवैधानिक व्यवस्था अनुसार फेरि विश्वासको मत लिनुपर्ने झण्झट प्रधानमन्त्रीलाई आइलाग्छ ।

सोमबार एमाले र राप्रपाका नेताहरुले प्रधानमन्त्रीले दुई दुई महिनामा विश्वासको मत लिने अवस्था त आउने होइन भनेर व्यंग्य नै गरेका थिए । सत्तापक्षका सांसदले भने हालकै गठबन्धन ५ वर्ष जाने र त्यस्तो अवस्था नआउने भन्दै बचाउ गरेका थिए । हाल सरकारलाई १० भन्दा बढी दलका सांसदहरुको समर्थन छ । अधिकांश दल सत्ता स्वार्थका लागि सरकारको नजिक पुगेका छन् ।

विश्वासको मत लिएपछि प्रधानमन्त्री सरकारलाई पूर्णता दिनेतर्फ लाग्ने बताएका छन् । तर कतिपय दल सत्ता भागबण्डामा कुरा नमिल्दा असन्तुष्ट हुने देखिन्छ । त्यसबाहेक रास्वपा, नागरिक उन्मुक्ति, जनमत पार्टी लगायतले आफ्ना मुद्दा सम्बोधन नभए कुनैपनि बेला सरकारको साथ छाड्ने चेतावनी दिएका छन् । यस्तोमा सरकारलाई पटक पटक विश्वासको मत लिनुपर्ने अवस्था आउन सक्दछ । यसले निम्त्याउने राजनीतिक अस्थिरताको खतराप्रति दलहरु जिम्मेवार हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङकङले नेपाललाई दियो १८९ रनको लक्ष्य प्रतिनिधिसभाको बैठक १५ मिनेटलाई स्थगित प्रधानमन्त्रीको मुखबाट निस्किएको कुरा उहाँको मुखबाट सच्याउन पर्छ: हर्क साम्पाङ शुक्रबारदेखि हराएका बालक पोखरीमा मृत फेला करिब एक महिना लामाे बिदापछि सर्वोच्च फर्किइन् न्यायाधीश मल्ल सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो सर्वदलीय बैठक सिंहदरबारमा जारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की