Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
April 2, 2023 राजनीति

जसपाले प्रदेश १ को नाम‘कोशी’ नमान्ने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत १९, काठमाडौँ | </b>जनता समाजवादी पार्टीले प्रदेशको नाम ‘कोशी’ नमान्ने बताएको छ । अध्यक्ष उपेन्द्र यादवले चैत १ मा जारी सर्कुलरमा ‘कोशी’ शब्द पर्न गएको भन्दै आइतबार अर्को सर्कुलरमार्फत तत्कालका लागि उक्त प्रदेशको नाम ‘प्रदेश १’ नै हुने बताएका छन् ।<br></p><p>आइतबार अध्यक्ष उपेन्द्र यादवले आन्तरिक सर्कुलरमार्फत तत्कालका लागि उक्त प्रदेशको नाम ‘प्रदेश १’ हुने र पछि नाम परिवर्तन भएमा उक्त परिवर्तित नामलाई प्रयोग गरिने जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।</p><p>२०७९ फागुन १४ गते पार्टीले प्रेस विज्ञप्ति जारी गरी जनताले प्रदेश नं १ मा उठाएको पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्दछ भन्ने मागलाई यथोचित रूपमा सम्बोधन गर्न गराउन सरकारसँग जोडदार माग गरिएको आधिकारिक धारणा सबैलाई जानकारी गराइएको सर्कुलरमा उल्लेख गरिएको बस्नेतको भनाई छ ।</p>