<p><b>चैत २१, काठमाडौँ | </b>राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्धको रिट सर्वाेच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलाशमा पेशी तोकिएको छ ।<br></p><p>अधिवक्ता युवराज सफलले लामिछानेमाथि राहदानी दुरुपयोग मुद्दामा कारवाही हुनुपर्ने माग गर्दै रिट दर्ता गरेका थिए ।</p><p>महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचलाउने भनेर गेको निर्णयविरुद्ध सफलले सर्वाेच्चमा रिट दिएका हुन् ।</p>
April 4, 2023
राजनीति
रवि लामिछाने विरुद्धको रिट न्यायाधीश सिन्हाको एकल इजलाशमा
By साझासवाल
1 मिनेट पढाइ










