पढ्न करिब 1 मिनेट लाग्छ

चैत २५, काठमाडौँ | काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहले महानगरका विभिन्न क्षेत्रमा फुटपाथ मिचेर बनाइएका प्रहरी बिट हटाउन आग्रह गरेका छन्।

उनले केही तस्वीरहरू राखेर आज सामाजिक सञ्जालमा प्रहरी बिट हटाउन आग्रह गरेका हुन्।

बलेन शाहले लेखेका छन् 'फुटपाथ सँधै मान्छे हिड्नका लागि प्रयोग हुनु पर्छ भनेर हामीले फुटपाथमा व्यापार गर्न रोकेका छौँ । यो नियम सर्वसाधारणका लागि मात्रै होइन । सबैका लागि हो र हुनु पर्छ,' उनले लेखेका छन्।

कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाएको भन्दै मेयर बालेनले ती संरचना प्रहरी आफैँले नहटाए समतामूलक कानुनको प्रयोगका लागि पनि महानगर हटाउन बाध्य हुने लेखेका छन्।

'राजदूतावासलगायत विदेशी नियोगका हकमा पनि हामीले सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेका छौँ,' उनले फेसबुकमा लेखेका छन्।

आज बिहानै सिंहदरबारको फोहोर नउठाउने चेतावनी दिएका बालेन हिजो तीनकुनेस्थित सुकुमबासी बस्ती भत्काउन पुगेका उनलाई प्रहरी सहयोग गरेको