चैत २६, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्ने भएको छ । रास्वपाले पार्टीहित विपरीत काम गरेको निष्कर्ष निकाल्दै उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने भएको हो ।

श्रेष्ठलाई कारबाही गरिएकाे पत्र पार्टीले संसद सचिवालयलाई पठाउने तयारी गरेकाे छ । रास्वपाले स्वास्थ्यमन्त्री पाउने भएपछि श्रेष्ठकाे नाम चर्चामा थियाे ।

उनले आफू स्वास्थ्यमन्त्री बन्न लागेकाे र पार्टीलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ कराेड रुपैयाँ सहयाेग मागेकाे अडियाे सार्वजनिक भएकाे थियाे ।

अडियाेमा उनले भनेका छन्, 'हाम्राे भागमा स्वास्थ्य मन्त्रालय पर्ने भयाे । मन्त्रीका लागि रवि सरलाई २ कराेड बुझाउनुपर्ने कुरा आएकाे छ । मसँग पैसा छैन । अहिले एक कराेड जति दिँदा हुन्छ । एक कराेडचाहिँ चेक दिँदा पनि हुन्छ । त्यसैले अलिकति सहयाेग चाहिएकाे छ ।'

त्यसकाे जवाफमा प्रसाईंले आफूले २ कराेड उपलब्ध गराइदिने ग्यारेन्टी लिएका छन् । अडियाे सार्वजनिक भएपछि पार्टीले उनलाई कारबाही गरेकाे हाे ।

April 9, 2023
राजनीति
रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ रास्वपाको साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा
By साझासवाल
3 मिनेट पढाइ