Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
April 25, 2023 राजनीति

बारा २ मा ३० हजार मत गन्न बाँकी, उपेन्द्रले बनाए ५ हजार भन्दा बढीको मतान्तर

By साझासवाल 2 मिनेट पढाइ

वैशाख १२, काठमाडौँ । बारा २ मा जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन् ।

पछिल्लो मत परिणामअनुसार यादवले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले भन्दा ५ हजार २०३ मत बढी पाएका छन् ।

मंगलबार अपराह्न ४ बजेको अद्यावधिक विवरणअनुसार यादवले १७ हजार ३९३ मत पाउँदा कुशवाहाले १२ हजार १९० मत पाएर यादवलाई पछ्याइरहेका छन् ।

यस्तै एमालेका पुरुषोत्तम पौडेलले ५ हजार ३१५ मत पाउँदा रास्वपाका उम्मेदवार रमेश खरेलले २ हजार १४० मत पाएका छन् । हालसम्म बारा २ मा ३९ हजार ९५६ मत गणना सकिएको छ ।