पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख १८, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पाँच वर्ष चल्ने दाबी गरेका छन् ।

सोमबार चितवनमा प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उनले सरकार यताउता हुने कुरा भ्रम रहेको भन्दै वर्तमान सरकार पाँच वर्ष चल्ने दाबी गरेका हुन् ।

उनले रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नहुने र रास्वपालाई सरकारमा ल्याउन सकारात्मक कुराकानी भइरहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारीलाई जोगाउने प्रयासमा सरकार नलागेको भन्दै न्यूनतम साझा कार्यक्रममा समेत भ्रष्टाचार अन्त्य गर्नका लागि प्रतिबद्धता जनाइएको जानकारी दिए ।

उनले महावीर पुन आफूसँग सल्लाह नै गरेर माइतीघर मण्डलामा धर्नामा बसेको बताए । धर्ना अघि आफूसँग बालुवाटारमा भेटेको जनाउँदै उनले पुनले उठाएका मागप्रति सरकार सकारात्मक रहेको बताए ।