बालकृष्ण खाणलाई टेकुबाट निकालियो : स्वास्थ्य परीक्षण गरेर अदालत लगिने

साझासवाल
1 Min Read

वैशाख २७, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणलाई अदालत लगिएको छ । जिल्ला प्रहरी परिसर टेकुबाट उनलाई म्याद थपका लागि अदालततर्फ लगिएको हो । सँगै स्वकीय सचिव नरेन्द्र केसीलाई पनि लगिएको छ । प्रहरीले हतकडी भने लगाएको छैन ।

उनीहरूलाई मेडिकल गरी सरकारी वकिल कार्यालयबाट आवश्यक प्रक्रिया अपनाएर अदालतमा म्याद थपको लागि पेश गरिनेछ ।

चावहिलस्थित मैजुबहालबाट खाणलाई बुधबार बिहान प्रहरीले समातेको थियो । पक्राउ पुर्जी जारी नभएको हुँदा खाणलाई ‘जरुरी पक्राउ पुर्जी’ थमाएर पक्राउ गरिएको हो । खाणलाई उच्च सुरक्षा निगरानीका साथ अदालत लगिएको छ ।

खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि पक्राउ गरिएको छ । यस प्रकरणमा प्रहरीले हालसम्म १२ जनालाई पक्राउ गरिसकेको छ । अनुसन्धानमा तानिएका एमाले सचिव टोपबहादुर रायमाझी भने पक्राउ पुर्जी जारीपछि फरार छन् ।

Leave a Comment

Leave a Reply