Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
May 29, 2023 राजनीति

रेशमलाई आममाफीपछि राप्रपाले भन्यो- अदालतको फैसलाभन्दा राष्ट्रपति माथि हुन सक्दैन

By साझासवाल 2 मिनेट पढाइ

<p><b>जेठ १५, काठमाडौँ |&nbsp;</b> राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले रेशम चौधरीलाई आममाफी दिएकोप्रति आपत्ति जनाएका छन्। संसद् भवन बानेश्वर परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपतिको कदमले अराजकता मच्चाउने टिप्पणी गरे।<br></p><p>राप्रपाका प्रवक्ता समेत रहेका शाहीले भने, ‘गणतन्त्र दिवसको उपलक्ष्यमा नेपालको कानुनलाई नै मिच्ने प्रवृत्ति अगाडि बढाएको छ। दोषी को हुन् र अदालतको फैसलाभन्दा राष्ट्रपतिमाथि हुन सक्दैन। यसले मुलुकलाई सही हिसाबले अगाडि बढाउँदैन। मुलुकलाई राजनीतिक अस्थिरतामा लान्छ,। देशलाई अगाडि बढाउँदैन। यसले प्रधानन्यायाधीश चाहिँ को भन्ने प्रश्न खडा गरेको छ।’</p><p>उनले प्रधानन्यायाधीश राष्ट्रपति हुन् कि सर्वोच्चको प्रधानन्यायाधीश हुन् भन्ने प्रश्न खडा गरेको बताए।</p>